सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गुगल म्यापलाई टक्कर दिँदै हुवावे, ल्याउँदैछ आफ्नै म्याप सर्भिस

२०७६ भाद्र ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चिनिाँ कम्पनी हुवावेले गत हप्ता आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम सार्वजनिक गरी प्रविधि क्षेत्रमा हलचल पैदा गरेको थियो । हुवावेको यस अपरेटिङ सिस्टमले गुगलको एन्ड्रोइडलाई टक्कर दिने अनुमान गरिएको छ । आवश्यक परेको बेला हुवावे जुनसुकै बेला एन्ड्रोइडबाट आफ्नै अपरेटिङ सिस्टममा सिफ्ट गर्न सक्दछ ।

अपरेटिङ सिस्टममार्फत् गुगललाई चुनौती पेश गरेको हुवावे यत्तिमा रोकिनेवाला छैन । अब गुगल म्याप्सलाई टक्कर दिनका लागि उसले आफ्नो नेभिगेसन सिस्टम तथा म्याप सर्भिससमेत ल्याउने तयारी गरिरहेको छ ।

एन्ड्रोइड अथोरिटी नामक वेबसाइटका अनुसार हुवावेले आफ्नै म्याप सर्भिसको विकास गरिरहेको छ । चाइना डेली पत्रिकालाई उद्धृत गरिएको उक्त रिपोर्ट अनुसार हुवावेको म्याप सर्भिसको नाम Map Kit हुन सक्दछ ।

हुवावेको म्याप किटले रियल टाइममा ट्राफिक अवस्था, लेन परिवर्तनको पहिचान तथा अगमेन्टेड रियालिटीसँग सम्बन्धित फिचरलाई सपोर्ट गर्नेछ । यो सर्भिस यहीँ अक्टोबरमा लञ्च हुने र यसले विभिन्न ४० वटा भाषाहरुमा उपलब्ध हुने बताइएको छ ।

सुरुमा चीनमा लञ्च हुँदै हार्मोनी अपरेटिङ सिस्टम

हुवावेले हालै सार्वजनिक गरेको आफ्नो हार्मोनी अपरेटिङ सिस्टम सुरुवातमा चीनमा लञ्च हुने कम्पनीको कन्जुमर डिभिजनका सिइओ रिचर्ड यूले बताएका छन् । चीनमा लञ्च गरेपश्चात् मात्र यो अपरेटिङ सिस्टम विश्वव्यापी रोलआउट गरिनेछ ।

उनका अनुसार हुवावे कम्पनी स्मार्टफोनका लागि एन्ड्रोइडसँग जोडिइरहनेछ तर यदि परिस्थितिवस् आवश्यक ठानिएमा कम्पनी आफ्नै अपरेटिङ सिस्टममा तुरुन्तै फड्को मार्न सक्नेछ । गुगलको यस कदमले उसको अब गुगलमाथिको निर्भरता अन्त्य भएको देखाएको छ ।

हुवावेका अन्य विकल्प

हुवावेले पछिल्लोपटक विकास गरेको अपरेटिङ सिस्टम तथा स्मार्टफोनका अन्य सफ्टवेयरका कारण अन्य साना ठूला चिनियाँ कम्पनीहरुलाई एन्ड्रोइडको विकल्प उपलब्ध हुनेछ । अहिले स्मार्टफोन निर्माताका लागि एप्पलको अपरेटिङ सिस्टमको विकल्पमा केवल गुगलको एन्ड्रोइड नै एकमात्र विकल्पको रुपमा रहँदै आएको थियो । तर अब हुवावेले नयाँ अपरेटिङ सिस्टम ल्याएको छ, जुन केवल स्मार्टफोनका लागि मात्र नभई स्मार्ट स्पिकर्स, स्मार्ट टेलिभिजन र अन्य डिभाइसलाई पनि सपोर्ट गर्नेछ ।

त्यस्तै गुगल म्यापको विकल्पमा हुवावेले तयार गरेको सफ्टवेयरले उपभोक्ता, डेभलपर्स तथा अन्य कम्पनीहरुलाई पनि आकर्षित गर्न सक्ने सम्भावना छ । अहिले म्याप तथा नेभिगेसन एपका रुपमा गुगल म्याप र एप्पल म्याप्स मात्र दुई मुख्य विकल्पको रुपमा रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एआई प्रयोग गरी एलियन खोज्दै वैज्ञानिक

एउटै फेसबुक अकाउन्टबाट चारवटा प्रोफाइल बनाउन मिल्ने फिचर सार्वजनिक

आज प्रेस काउन्सिलको काम कारबाही बन्द हुने

नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक, कति पर्छ मूल्य ?

बेकोको दसैँ तिहार योजना सार्वजनिक

डिशहोमले ल्यायो ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’

रियलमीले ठमेलको छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्ने

आइएमईले घोषणा गर्योः ‘आइएमई गरौँ, करोडपति बनौँ’

बैतडीसहित सुदूर पहाडमा फोन र इन्टरनेट सेवा अवरुद्ध

टेलिकमको चाडपर्व अफरः ७८९ रुपैंयामा ३० जीबी डेटा, ६०० मिनेट भ्वाइस र २०० ओटा एसएमएस सुविधा

टिसीएलले ल्यायो चाडपर्व लक्षित ‘सेलिब्रेट ग्रेटनेस’ योजना

कनेक्ट आईपीएसले ल्यायो ‘रिफर अ फ्रेन्ड’ अफर