सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हुवावेमाथिको प्रतिबन्ध ९० दिनका लागि स्थगित

२०७६ भाद्र ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चिनियाँ टेलिकम कम्पनी हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्ध ९० दिनका लागि स्थगित भएको छ । अमेरिकाका वाणिज्य सचिवले सोमबार यस्तो घोषणा गरेका हुन् ।

वाणिज्य सचिव विल्बर रोसले फक्स बिजनेस नेटवर्कसँग भनेका छन्, ‘अमेरिकी दूरसञ्चार कम्पनीहरुका लागि एकपटक पुनः ९० दिनको समय छ । केही ग्रामीण कम्पनीहरु हुवावेमा निर्भर छन् । हामी ती कम्पनीहरुलाई हुवावेबाट अलग हुनका लागि केही धेरै समय दिँदैछौँ ।’ उनका अनुसार हुवावेमाथिको प्रतिबन्ध आगामी नोभेम्बर १९ सम्मका लागि स्थगित गरिएको हो ।

हुवावेलाई तीन महिनाको छुट दिँदा उसका उपकरणमा निर्भर अमेरिकी तथा अन्य देशहरुका कम्पनीलाई आफ्नो निर्णय लिनका लागि लामो समय प्राप्त हुनेछ । यसले तत्काल हुवावेका मोबाइल फोन प्रयोगकर्ताले पनि समस्या व्यहोर्नु पर्नेछैन ।

स्मरण रहोस् राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको भन्दै हुवावेमाथि प्रतिबन्धको फैसला गरेका थिए । हुवावेका उपकरणका माध्यमबाट चीनले जासूसी गर्ने गरेको र त्यो अमेरिकाको सुरक्षाका लागि एक ठूलो खतरा बन्न सक्ने आशंका ट्रम्प प्रशासनले गर्दै आएको छ ।

हुवावेमाथिको प्रतिबन्धलाई ३ महिना स्थगित गर्ने अमेरिकी सरकारको उक्त निर्णय पश्चात् अमेरिका र चीनका कम्पनीहरुमा गहिरो प्रभाव पर्नेछ । अब अमेरिकी सरकारले हुवावेलाई अस्थायी लाइसेन्स दिनेछ जसबाट उसले अमेरिकी कम्पनी कम्पनीहरुसँग कारेबार जारी राख्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल पहुँच पुर्‍याउन दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै टेलिकम

अव्यवस्थित तार हटाइँदै

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड

अनलाइनमार्फत घरमै नक्सा

सामुदायिक सूचना केन्द्र सञ्चालन

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

फाइभजीः ‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ जारी

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना