काठमाण्डौः माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की (अस्मिता)लाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा सोमबार निवेदन दर्ता गराएको छ ।
चितवन जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि ५ वर्ष कैद र ५० हजार जरिवानाको माग दावी सहित थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको हो ।
उक्त निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ । यसअघि लामिछाने र कँडेलले धरौटी माग गरेको आदेश उपर दिएको निवेदनमा सुनवाई गर्दै कैफियत प्रतिवेदन मागेको पेशी आगामी बिहीबारका लागि तोकिएको छ ।