सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सी.एम.सी.बाट भुक्तानीको माग गर्दै हप्ता दिनदेखी मेलम्चीका मजदुरहरू आन्दोलनमा

२०७६ भाद्र २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सी.एम.सी.बाट भुक्तानी नपाएका स्थानीय मजदुरहरू हप्ता दिनदेखी आन्दोलनरत रहेका छन् ।

उनीहरूले सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म मेलम्ची आयोजनाको बाँकी काम गर्न नदिने भन्दै भदौ १८ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् । सोही बिषयलाइ प्रमुख एजेण्डा बनाइ पीडित मजदुरहरुले मंगलबार पनि मेलम्ची स्थित खानेपानीको गेट अगाडि प्रदर्शन र नाराबाजी जारी राखेका छन् ।

मेलम्ची आयोजना पीडित संघर्ष समितीका अध्यक्ष देवीरमण अधिकारिको नेतृत्वमा बुधबारदेखी जारी आन्दोलनमा प्रमुख प्रतिपक्ष काँग्रेस, ट्रेड युनियन महासंघ, राप्रपाले समेत ऐक्यबद्धता जनाएका छन् ।

दैनिक रूपमा हुने उक्त प्रदर्शनमा करिब २ सय भन्दा बढी मजदुरहरू सहभागी छन् । सी.एम.सी.को भुक्तानी रकम नपाएका करिब ८ सय २८ मजदुरहरू रहेपनि दैनिक आन्दोलनमा २ सयको मात्रै उपस्थिति हुने गरेको छ ।

आन्दोलनकारीहरूले मेलम्ची बसपार्क स्थित मेलम्ची गेस्ट हाउसबाट सदाझै जुलुश प्रदर्शन गरी मेलम्ची खानेपानी अफिसको गेटमा पुगेर दैनिक जसो धर्नामा बस्छन् । यद्दपी स्थानिय प्रशासनले आन्दोलनलाई भड्किन नदिन भदौ २० गतेदेखी दैनिक रूपमा बिहान १० बजेदेखी साँझ ५ बजेसम्म (हेलम्बु गा.पा.का २ नम्बर वडाको अम्माथान र ग्यालथुङ्ग) तथा सुरूङबाट ५ सय मिटर उक्त ईलाका आसपासमा निषेधाज्ञा जारी गरेको जनाएको छ ।

मजदुरले पाउनुपर्ने ८ करोड ७४ लाख रकम मध्य नेपाल सरकारले सिएस्मसी कम्पनीबाट करिब ४ अर्ब जफत गरेको र सोही रकमबाट भुक्तानी गरियोस भनी ९ महिनासम्म २७ पटकसम्म विभिन्न चरणमा बार्ता गर्दा पनि पीडित मजदुरहरुको समस्यालाइ बेवास्ता गरेको मजदुरहरूले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रपतिद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी (विज्ञप्ती सहित)

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी- तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनु भयो

बाख्राले कोदो खाएको झोकमा वृद्धाको हत्या

सिरहामा बस दुर्घटना, एकको मृत्यु २६ जना घाइते

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

सुशासन, दिगो विकास र समृद्धिका लागि ‘चैतन्य बहस’

पशुपतिको जलहरी प्रकरणः १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको अख्तियारको निष्कर्ष

अक्षर पाठशालाका प्रिन्सिपलले विद्यार्थीलाई मरणासन्न हुने गरी गरे कुटपीट

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

सडक दुर्घटनाका पाँच वर्ष : १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस)