सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काँग्रेसको दोस्रो चरणको १५ दिने जागरण अभियान शुरू

२०७६ भाद्र २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबारदेखि देशैभर दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरू गरेको छ ।

पहिलो चरणको जागरण अभियान प्रभावकारी बनाउन नसकेको आरोप लागिरहेको बेला कांग्रेसले देशभरका ३३० वटै प्रदेश स्तरीय निर्वाचन क्षेत्र लक्षित दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरू गरेको जनाएको छ ।

दोस्रो चरणको जागरण अवधिभर बढ्दो महँगी, भ्रष्टाचार वाइडबडी, न्यारोबडी प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयक तथा कम्युनिस्ट सरकारको कुशासनविरुद्ध हुने कांग्रेसले जनाएको छ ।

केन्द्रीय तहका नेतादेखि वडा तहसम्मका नेता, काँग्रेस र जनता तथा कांग्रेस र मतदाताबीच संवाद र सम्पर्क स्थापित गर्ने लक्ष्यका साथ शुरू गरेको अभियान असोज ०७ गतेसम्म देशैभर एकसाथ चल्नेछ । जननेता बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको दिन पारेर कांग्रेसले अभियानको सुरुवात गरेको छ ।

जागरण अभियानका क्रममा ३३० वटै निर्वाचन क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू परिचालन हुनेछन् । अभियानको अन्तिम दिन असोज ०७ गते जिल्लास्तरीय विरोध प्रदर्शनहरू समेत सञ्चालन गर्ने कार्यसूची रहेको छ । उक्त अभियान समापन सँगै कांग्रेसले पुनः तेस्रो चरणको अभियान स्वरूप पुष ७ बाट १६ सम्म अर्थात् १० दिन ७५३ वटै स्थानीय तहमा गर्ने भावी योजना समेत लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको

संसदीय समिति बनाउने बिषयमा अझै सहमति भएन, कांग्रेसले अवरोध जारी राख्ने

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ: अध्यक्ष ओली

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

कम्युनिष्ट आन्दोनलाई पुनःजागरण गर्न मदन–आश्रितको योगदान अतुलनीयः अध्यक्ष नेपाल

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

यी हुन् एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठकले पारित गरेको १८ बुँदे प्रस्ताव

लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहन्छ : सभापति देउवा

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ- देउवा

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन