सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काँग्रेसको दोस्रो चरणको १५ दिने जागरण अभियान शुरू

२०७६ भाद्र २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबारदेखि देशैभर दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरू गरेको छ ।

पहिलो चरणको जागरण अभियान प्रभावकारी बनाउन नसकेको आरोप लागिरहेको बेला कांग्रेसले देशभरका ३३० वटै प्रदेश स्तरीय निर्वाचन क्षेत्र लक्षित दोस्रो चरणको राष्ट्रिय जागरण अभियान शुरू गरेको जनाएको छ ।

दोस्रो चरणको जागरण अवधिभर बढ्दो महँगी, भ्रष्टाचार वाइडबडी, न्यारोबडी प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयक तथा कम्युनिस्ट सरकारको कुशासनविरुद्ध हुने कांग्रेसले जनाएको छ ।

केन्द्रीय तहका नेतादेखि वडा तहसम्मका नेता, काँग्रेस र जनता तथा कांग्रेस र मतदाताबीच संवाद र सम्पर्क स्थापित गर्ने लक्ष्यका साथ शुरू गरेको अभियान असोज ०७ गतेसम्म देशैभर एकसाथ चल्नेछ । जननेता बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको दिन पारेर कांग्रेसले अभियानको सुरुवात गरेको छ ।

जागरण अभियानका क्रममा ३३० वटै निर्वाचन क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू परिचालन हुनेछन् । अभियानको अन्तिम दिन असोज ०७ गते जिल्लास्तरीय विरोध प्रदर्शनहरू समेत सञ्चालन गर्ने कार्यसूची रहेको छ । उक्त अभियान समापन सँगै कांग्रेसले पुनः तेस्रो चरणको अभियान स्वरूप पुष ७ बाट १६ सम्म अर्थात् १० दिन ७५३ वटै स्थानीय तहमा गर्ने भावी योजना समेत लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह