सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

निर्वाचन आयोगद्धारा उपनिर्वाचनका लागी निर्वाचन कार्यक्रम सार्वजनिक

२०७६ भाद्र २५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचन आयोगले यही मंसिर १४ गते हुने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानिय तहका रिक्त पदहरूका लागी हुने उपनिर्वाचन प्रयोजनको निम्ति निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । 

उपनिर्वाचन हुने ३७ जिल्लाका १५४ वडा कार्यालयहरूमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक (दावी विरोध) कार्यक्रम असोज १ गतेदेखी सञ्चालन हुने विज्ञप्ती मार्फत जनाएको छ ।

आयोगद्वारा जारी विज्ञप्ति अनुसार यही असोज १ गते मतदाता नामावली प्रकाशन गर्ने, असोज २ गतेदेखी ५ गतेसम्म मतदाता नामावली सच्याउने तथा नाम हटाउने, असोज ७ गतेसम्म उजुरी परेका निवेदन उपर छानविन गर्ने, असोज ८ गते मतदाता नामावली हटाइएको सूचना सम्बन्धित वडा कार्यालयमा टाँस्ने, असोज ८ गते नै अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र असोज ८ गतेदेखी १० गतेसम्म अद्यावधिक गरिएको मतदाता नामावली सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूमा बुझाउने कार्यक्रम रहेको जनाएको छ । एउटा संघीय निर्वाचन क्षेत्र, तीन वटा प्रदेश सभा र ४६ वटा स्थानीय तह (गाउँ/नगर) मा उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

जब फेवातालमा डुङ्गा पल्टियो…

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग