सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठ तस्करीको समुह र स्थानिय बिच भिडन्त ३ जना घाईते

२०७६ भाद्र २६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः झापाको कनकाई न.पा. – २ स्थित सुकेडाँगी सामुदायिक बनमा स्थानिय र काठ तस्करी समुहबिच झडप हुँदा ३ जना घाइते भएका छन् ।

सुकेडाँगीको दोमुखा ईलाकाबाट बुधबार राती आएका आधा दर्जन काठ तस्करहरुको समुहले २ बटा बाँसको चालीमा करिव ४० किवि सखुवा जातको काठ कनकाई माइमा बगाएर सुरुङ्गातर्फ ल्याउने क्रममा स्थानिय र तस्करहरू बिच उक्त भिडन्त भएको हो ।

तस्करहरूले काठ लैजाने क्रममा स्थानिय सामुदायिक बनको उपभोक्ता समुहको गस्ती टोलीले देखेपछि काठ तस्करीको समुहले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जना घाइते भएको । घाइतेहरूको बिर्तामोड स्थित बि एण्ड सी अस्पतालमा उपचार भईरहेको छ ।

घाइते हुनेहरुमा झापाको कनकाई न.पा. – २ सुकेडाँगी बस्ने बर्ष ३८ का डम्बर बहादुर राई टाउकोमा गम्भिर चोट लागेको छ भने सोही वडा बस्ने बर्ष ३१ को बिनोद राई र बर्ष ३८ को मेघराज पौडेलको हातमा गहिरो घाउ भएको प्रहरीले जनाएको छ ।

उक्त घटना भए लगत्तै ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खट्टिएको प्रहरी टोलीले खुकुरी प्रहारमा संलग्न काठ तस्कर समुहका स्थानीय बर्ष ४० का धन बहादुर राईलाई पक्राउ गरेको र अन्य भाग्न सफल भएको हुँदा खोजी कार्य जारी रहेको जनाएको छ ।

तस्कर समुहका स्थानीय बर्ष ४० का धन बहादुर राई

कनकाई नदीको पूर्वी किनारमा रहेको उक्त सामुदायिक बन प्राकृतिक सिमसार र वन्यजन्तुको संरक्षण गरेर आन्तरिक पर्यटक आकर्षित गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रपतिद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी (विज्ञप्ती सहित)

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी- तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनु भयो

बाख्राले कोदो खाएको झोकमा वृद्धाको हत्या

सिरहामा बस दुर्घटना, एकको मृत्यु २६ जना घाइते

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

सुशासन, दिगो विकास र समृद्धिका लागि ‘चैतन्य बहस’

पशुपतिको जलहरी प्रकरणः १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको अख्तियारको निष्कर्ष

अक्षर पाठशालाका प्रिन्सिपलले विद्यार्थीलाई मरणासन्न हुने गरी गरे कुटपीट

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

सडक दुर्घटनाका पाँच वर्ष : १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस)