सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वडाअध्यक्ष मल्ललाई कार्वाहीको माग गर्दै काँग्रेसका जिल्ला सभापतिले बुझाए गृहमन्त्रीलाइ ज्ञापनपत्र (ज्ञापनपत्र सहित)

२०७६ भाद्र २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले गृहमन्त्री राम बहादुर थापालाई सिंहदरबारमा भेटी ज्ञापनपत्र बुझाएका छन् ।

काँग्रेसका तीन जिल्लाका सभापतिहरूले बाँकेमा सभापति किरण कोइरालामाथी आक्रमणको निर्देशन दिने (नेकपा) का खजुरा गा.पा. वडा नं १ का वडाअध्यक्ष सुमन मल्ल सहित ३ जनालाई तत्काल कार्वाहीको दायरामा ल्याउन माग गर्दै गृहमन्त्री राम बहादुर थापालाई भेटी ज्ञापनपत्र बुझाएका हुन् ।

यसरी कार्वाहीको माग गर्दै शनिवार विहान गृहमन्त्रीहरूलाइ ज्ञापनपत्र बुझाउन जानेहरूमा काठमाण्डौंका सभापति कृष्ण (सबुज) बाँनिया, ललितपुरका सभापति मदन अमात्य तथा भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा रहेका छन् ।

भदौ २६ गते काँग्रेसको दोश्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रममा हस्तक्षेप गरी नेकपाका कार्यकर्ताहरूले काँग्रेसका नेता, कार्यकर्तामाथी सामुहिक आक्रमण गरेका थिए । उक्त आक्रमणमा परि बाँकेका जिल्ला सभापति किरण कोईराला लगायत नेता तथा कार्यकर्ताहरू घाइते भएका थिए ।

उक्त घटनाको विरोधमा कांग्रेसले शनिवार अपरान्ह काठमाडौंमा विरोध प्रदर्शन गर्ने तयारी समेत गरेको छ । यसैबिच कांग्रेसको जागरण अभियानमा सांघातिक आक्रमण गरि सभापति किरण कोइराला सहितलाई घाइते बनाएको आरोपमा प्रहरीले रोसनसिंह ठकुरी, लोकबहादुर शाही र निर्मलसिंह खत्रीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गगन थापाकाे प्रस्ताव – कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाऔं, समाजवादी मोर्चालाई सरकार चलाउन दिऔं

नेपालमा कम्युनिष्ट पार्टी बाहेक कुनै पार्टीले देश हाँक्न सक्दैन : नेता नेपाल

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रपतिद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी (विज्ञप्ती सहित)

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी- तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनु भयो

सुशासन, दिगो विकास र समृद्धिका लागि ‘चैतन्य बहस’

पशुपतिको जलहरी प्रकरणः १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको अख्तियारको निष्कर्ष

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस)

सुन तस्करी छानबिन गर्न ४ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय

पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको बैठक