सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वडाअध्यक्ष मल्ललाई कार्वाहीको माग गर्दै काँग्रेसका जिल्ला सभापतिले बुझाए गृहमन्त्रीलाइ ज्ञापनपत्र (ज्ञापनपत्र सहित)

२०७६ भाद्र २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले गृहमन्त्री राम बहादुर थापालाई सिंहदरबारमा भेटी ज्ञापनपत्र बुझाएका छन् ।

काँग्रेसका तीन जिल्लाका सभापतिहरूले बाँकेमा सभापति किरण कोइरालामाथी आक्रमणको निर्देशन दिने (नेकपा) का खजुरा गा.पा. वडा नं १ का वडाअध्यक्ष सुमन मल्ल सहित ३ जनालाई तत्काल कार्वाहीको दायरामा ल्याउन माग गर्दै गृहमन्त्री राम बहादुर थापालाई भेटी ज्ञापनपत्र बुझाएका हुन् ।

यसरी कार्वाहीको माग गर्दै शनिवार विहान गृहमन्त्रीहरूलाइ ज्ञापनपत्र बुझाउन जानेहरूमा काठमाण्डौंका सभापति कृष्ण (सबुज) बाँनिया, ललितपुरका सभापति मदन अमात्य तथा भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा रहेका छन् ।

भदौ २६ गते काँग्रेसको दोश्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रममा हस्तक्षेप गरी नेकपाका कार्यकर्ताहरूले काँग्रेसका नेता, कार्यकर्तामाथी सामुहिक आक्रमण गरेका थिए । उक्त आक्रमणमा परि बाँकेका जिल्ला सभापति किरण कोईराला लगायत नेता तथा कार्यकर्ताहरू घाइते भएका थिए ।

उक्त घटनाको विरोधमा कांग्रेसले शनिवार अपरान्ह काठमाडौंमा विरोध प्रदर्शन गर्ने तयारी समेत गरेको छ । यसैबिच कांग्रेसको जागरण अभियानमा सांघातिक आक्रमण गरि सभापति किरण कोइराला सहितलाई घाइते बनाएको आरोपमा प्रहरीले रोसनसिंह ठकुरी, लोकबहादुर शाही र निर्मलसिंह खत्रीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव