सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुस्कानमाथि एसिड प्रहार गर्नेलाई कार्वाहीको माग गर्दै राजधानीमा प्रदर्शन

२०७६ भाद्र २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तराई-काठमाडौ बिद्यार्थी समाजले मुस्कान खातुनको घटनामा संलग्न दोषीलाइ कडा कार्बाहीको माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् । गत भदौ २० गते बिहान पर्साको वीरगञ्जमा एसिड प्रहारबाट सख्त घाइते भएकी त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत बिरगञ्ज छप्कैया – २ निवासी १५ वर्षीया किशोरी मुस्कान खातुनको घटनामा संलग्न दोषी उम्कन नपाओस भन्दै काठमाडौको माईतिघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

तराई- काठमाडौ बिद्यार्थी समाजका संयोजक रुपक पटेलको नेतृत्वमा ब्यानर सहित प्लेकार्डमा विभिन्न नाराहरु लेखी बिरोध, जनचेतना जगाउनको लागि नाटक सहित प्रदर्शन गरेका थिए । मुस्कान खातुनलाई संघीय सांसद प्रदिप यादवको सहयोगमा नारायणी अस्पतालमा लगिए पनि अवस्था गम्भीर भएकोले थप उपचारको लागि गत शुक्रबार नै काठमाडौं ल्याइ किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

सांसद यादवले उनको उपचारका लागि ५० हजार सहयोग गरेका थिए । शुक्रबार नै सांसद यादवले छात्रामाथि भएको घटना दुखद भएको बताउँदै घटनामा संलग्नहरुमाथि ज्यान मार्ने मुद्दा चलाई आवश्यक कारबाही गर्न प्रमुख जिल्ला अधिकारी र एसपीलाई निर्देशन दिइसकेको जनाएका छन् । एसिड प्रहारले उनको शरीरको एक भाग पुर्ण रुपले जलेको, मुख, हात, छाती पाखुरामा गम्भिर घाउ भएको अस्पतालले जनाएको छ ।

एसिड प्रहार गर्ने मुख्य अभियुक्त वीरगञ्ज–२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई तथा शनिवार वीरगञ्ज छपकैयाबाट १६ वर्षीय माजिद आलमलाइ प्रहरीले पक्राउ गरेको छ । मजिदले मुस्कान प्रति एकतर्फी माया गर्ने गरेको र स्कुल जाँदा आउँदा बाटोमा उनलाई मजिद भेट्न आउने गरेको । मुस्कानले मजिदको प्रेम प्रस्ताव अस्वीकार गरेपछि उक्त घटना घटाएको हुन सक्ने प्रहरी आशंका रहेको छ । पक्राउ परेकाहरुले उक्त घटना आफूहरुले घटाएको स्वीकार गरेको समेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी