सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुस्कानमाथि एसिड प्रहार गर्नेलाई कार्वाहीको माग गर्दै राजधानीमा प्रदर्शन

२०७६ भाद्र २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तराई-काठमाडौ बिद्यार्थी समाजले मुस्कान खातुनको घटनामा संलग्न दोषीलाइ कडा कार्बाहीको माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् । गत भदौ २० गते बिहान पर्साको वीरगञ्जमा एसिड प्रहारबाट सख्त घाइते भएकी त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत बिरगञ्ज छप्कैया – २ निवासी १५ वर्षीया किशोरी मुस्कान खातुनको घटनामा संलग्न दोषी उम्कन नपाओस भन्दै काठमाडौको माईतिघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

तराई- काठमाडौ बिद्यार्थी समाजका संयोजक रुपक पटेलको नेतृत्वमा ब्यानर सहित प्लेकार्डमा विभिन्न नाराहरु लेखी बिरोध, जनचेतना जगाउनको लागि नाटक सहित प्रदर्शन गरेका थिए । मुस्कान खातुनलाई संघीय सांसद प्रदिप यादवको सहयोगमा नारायणी अस्पतालमा लगिए पनि अवस्था गम्भीर भएकोले थप उपचारको लागि गत शुक्रबार नै काठमाडौं ल्याइ किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

सांसद यादवले उनको उपचारका लागि ५० हजार सहयोग गरेका थिए । शुक्रबार नै सांसद यादवले छात्रामाथि भएको घटना दुखद भएको बताउँदै घटनामा संलग्नहरुमाथि ज्यान मार्ने मुद्दा चलाई आवश्यक कारबाही गर्न प्रमुख जिल्ला अधिकारी र एसपीलाई निर्देशन दिइसकेको जनाएका छन् । एसिड प्रहारले उनको शरीरको एक भाग पुर्ण रुपले जलेको, मुख, हात, छाती पाखुरामा गम्भिर घाउ भएको अस्पतालले जनाएको छ ।

एसिड प्रहार गर्ने मुख्य अभियुक्त वीरगञ्ज–२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई तथा शनिवार वीरगञ्ज छपकैयाबाट १६ वर्षीय माजिद आलमलाइ प्रहरीले पक्राउ गरेको छ । मजिदले मुस्कान प्रति एकतर्फी माया गर्ने गरेको र स्कुल जाँदा आउँदा बाटोमा उनलाई मजिद भेट्न आउने गरेको । मुस्कानले मजिदको प्रेम प्रस्ताव अस्वीकार गरेपछि उक्त घटना घटाएको हुन सक्ने प्रहरी आशंका रहेको छ । पक्राउ परेकाहरुले उक्त घटना आफूहरुले घटाएको स्वीकार गरेको समेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रपतिद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी (विज्ञप्ती सहित)

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी- तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनु भयो

बाख्राले कोदो खाएको झोकमा वृद्धाको हत्या

सिरहामा बस दुर्घटना, एकको मृत्यु २६ जना घाइते

बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा

सुशासन, दिगो विकास र समृद्धिका लागि ‘चैतन्य बहस’

पशुपतिको जलहरी प्रकरणः १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको अख्तियारको निष्कर्ष

अक्षर पाठशालाका प्रिन्सिपलले विद्यार्थीलाई मरणासन्न हुने गरी गरे कुटपीट

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

सडक दुर्घटनाका पाँच वर्ष : १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस)