सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यी हुन् सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाउने भक्तपुरका चार युवा वैज्ञानिक

२०७७ असार ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः विश्वमहामारी कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनकै बीच भक्तपुरका चार युवाले सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाएका छन् । भक्तपुरका दीपेश वेंजू, विकास प्रजापति, रत्नसुन्दर हाकुदुवाल र उमेश यादवले लकडाउनकै बीच उक्त मेसिन निर्माण पूरा गरेका हुन् ।

चार युवामध्ये तीनजना त प्राविधिक हुन् । उमेश इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियर, रत्नसुन्दर आईटी इञ्जिनियर र विकास अटोमोबाइल ओभरसियर हुन् । दीपेश टीभीएसको भक्तपुरस्थित सोरुम अटो टीभीएसका सञ्चालक छन् ।

चार लिटर क्षमताको कन्टेनर भएको उक्त सेन्सरयुक्त ह्याण्ड सेनिटाइजर मेसिनबाट प्रतिसेकेन्ड एक मिलिलिटर स्यानिटाइजर प्रवाह हुने दीपेशले जानकारी दिए । ‘सेन्सरयुक्त भएकाले मेसिनबाट हात नझिकेसम्म निरन्तर स्यानिटाइज भइरहन्छ’, उनले भने ।

उनका अनुसार उक्त मेसिनमा स्यानिटाइजरमात्रै होइन, स्याम्पु र झोल साबुनसमेत राखेर प्रयोग गर्न सकिन्छ । करिब एक फिट चौडाइ र डेढ फिट उचाइ भएको उक्त मेसिन आवश्यकता एवं ठाउँअनुसार भित्तामा झुन्ड्याउन र टेबलमा राख्न मिल्ने गरी बनाइएको विकास बताउँछन् । उनले आफूहरुले तयार गरेको सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन नेपालकै पहिलो भएकोसमेत दावी गरे ।

मेसिन बनाउने सोच कहाँबाट आयो ?

लकडाउनकै बीच एकदिन चारजना साथीहरुको भेटघाट हुँदा कोरोना भाइरसले सबै क्षेत्र लथालिंग छ, व्यापार घाटा चुलिँदो छ, के गर्ने भन्ने छलफल हुँदा सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर बनाउने सोच आएको दीपेशले सुनाए ।

मेकानिकल इञ्जिनियर विकासले सुरुमा टनेल स्यानिटाइजर बनाउने प्रस्ताव गरेको बताउँछन् । तर टनेल स्यानिटाइजरको प्रयोग कममात्र हुने भएकाले बढी प्रयोग हुनसक्ने ह्याण्ड स्यानिटाइजर मेसिन बनाउने निष्कर्षमा पुगेको दीपेशले स्पष्ट पारे ।

ह्याण्ड स्यानिटाइजरमा पनि हातले छोइरहन नपर्ने सेन्सरयुक्त उपकरण बनाउनेमा चारैजना सहमत भएको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियर उमेश सुनाउँछन् । ‘सर्वसाधारणको जनस्वास्थ्यलाई ख्याल गरेर छुन नपर्ने तथा कोरोना भाइरस संक्रमण हुनबाट बच्न र बचाउन ह्याण्ड स्यानिटाइजर मेसिन बनाएका छौं’, उनले भने । इञ्जिनियर उमेशले सेन्सरयुक्त टनेल स्यानिटाइजरसमेत निर्माण गर्ने कार्य पूरा भइसकेको जानकारी दिए ।

उनीहरुले उक्त ह्याण्ड स्यानिटाइजर परीक्षणको लागि हाललाई २० वटा बनाइसकेको आईटी इञ्जिनियर रत्नसुन्दरले बताए । ती सबै परीक्षणको रुपमा प्रयोग गर्नसमेत दिइएको उनको भनाइ थियो । उक्त परीक्षणपछि माग भए उद्योग नै स्थापना गरी व्यवसायिक रुपमा सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन उत्पादन गर्ने उनीहरुले बताएका छन् । अन्नपूर्णपोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी