सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रोम, ३० कात्तिक। इटालियन नियामकहरूले फेसबुकको माउ कम्पनी मेटालाई “विशिष्ट” सहमतिबिना प्रयोगकर्ताका तस्बिरहरू पहुँच गरेको भन्दै ८० करोड ५० लाख युरो (करिब ८८ करोड अमेरिकी डलर) जरिवाना गरेको छ।

देशको डेटा सुरक्षा प्राधिकरणले सो जानकारी दिएको हो।

एन्ड्रोइड उपकरणहरूका लागि उपलब्ध फेसबुक एपमार्फत मेटाले “विशिष्ट सहमति प्राप्त नगरी र प्रयोगकर्ताहरूलाई उचित रूपमा जानकारी नदिई” इटालियन प्रयोगकर्ताहरूसँग सम्बन्धित तस्बिरहरू, भिडियोहरू र सम्बन्धित मेटा डेटा पहुँच गरेको प्राधिकरणले एक विज्ञप्तिमा जनाएको छ।

मेटाले यो निर्णयविरुद्ध पुनरावेदन (अपील) गर्ने बताएको छ। कम्पनीका प्रवक्ताले नियामकहरूको मूल्याङ्कन र “जरिवानाको असमान स्तर” सँग आफूहरू “दृढतापूर्वक असहमत” रहेको बताएका छन्।

अक्टोबरको अन्त्यमा न्यु मेक्सिकोका अधिकारीहरूले मेटालाई एक दशकभन्दा बढी समयदेखि राज्यका बासिन्दाहरूलाई उनीहरूको डेटा प्रयोगमा भ्रमित गरेको आरोपमा २५ अर्ब डलर तिर्न आदेश दिएका थिए। कम्पनीका लागि यो रेकर्ड जरिवाना हो, जसलाई मेटाले अभिव्यक्ति स्वतन्त्रतामाथिको “कर” को रूपमा आलोचना गरेको छ।

हालै गरिएको यो जरिवाना इटालियन प्राधिकरणले कुनै पनि टेक जायन्टमाथि लगाएको अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना हो। यसअघि २०२१ मा अमेजनले प्रतिस्पर्धा कानुन उल्लङ्घन गरेकोमा १.१ अर्ब युरोभन्दा बढी जरिवाना तिरेको थियो, पछि पुनरावेदनमा उक्त रकम घटाएर ७५२ मिलियन युरो कायम गरिएको थियो।

फेसबुक ग्यालरी सुविधा

फेसबुकमा लगाइएको यो इटालियन जरिवाना सन् २०२३ देखि उपलब्ध यसको ‘ग्यालरी सुझाव’ सुविधासँग सम्बन्धित छ। यस सुविधाले प्रयोगकर्तालाई फोनको ग्यालरीबाट फोटो र भिडियोहरू ब्राउज गर्दा पोष्टका लागि विभिन्न विचार वा सुझावहरू दिने गर्दछ।

इटालीको नियामक निकायका अनुसार, फेसबुकले सम्पूर्ण एपका लागि मान्य हुने एउटै अनुमतिमार्फत प्रयोगकर्ताको ग्यालरीमा पहुँच मागेको थियो। यसअघि अन्य सुविधाहरू सक्रिय गर्न आग्रह गर्ने एउटा सामान्य सूचना मात्र दिइएको थियो, जसले गर्दा प्रयोगकर्ताहरूले आफूले ग्यालरीबाट सुझावहरू प्राप्त गर्नका लागि पनि अनुमति दिँदैछौं भन्ने कुरा स्पष्ट रूपमा बुझ्न सकेका थिएनन्।

नियामक निकायले अब मेटाले यस विशेष सुविधाका लागि छुट्टै र स्पष्ट अनुरोधमार्फत प्रयोगकर्ताको सहमति लिनुपर्ने बताएको छ। साथै, यो सुविधा केका लागि प्रयोग गरिन्छ अर्थात् यसमा प्रयोगकर्ताको फोटो ग्यालरीमा पहुँच समावेश हुन्छ भन्ने कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ र यसलाई कसरी बन्द गर्न सकिन्छ भन्ने जानकारी पनि दिनुपर्नेछ।

जरिवानाको रकम निर्धारण गर्दा नियामक निकायले “प्रभावित मानिसहरूको ठूलो सङ्ख्या”, इटालीमा करिब २ करोड (२० मिलियन) एन्ड्रोइड प्रयोगकर्ताहरू र नियम उल्लङ्घनको अवधिलाई ध्यानमा राखेको जनाएको छ। यो उल्लङ्घन “एप अपडेट नगरेका प्रयोगकर्ताहरू र जसले पहिले नै यस प्रणालीका लागि सहमति दिइसकेका छन्, उनीहरूका हकमा अझै पनि जारी छ।”

नियामक निकायले “अनुसन्धानका क्रममा मेटाले सहयोग नगरेको” कुरालाई पनि विशेष रूपमा उल्लेख गरेको छ।

कम्पनीमाथि उसको वार्षिक कारोबारको करिब ०.४ प्रतिशत बराबरको जरिवाना तोकिएको छ। सन् २०२५ मा कम्पनीको वार्षिक कारोबार २०१ अर्ब डलर पुगेको थियो भने खुद नाफा ६०.५ अर्ब डलर रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’