सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गोविनको नयाँ सांगीतिक सौगात‘जुनी भरीलाई’ सार्वजनिक (भिडियो)

२०८० पुष १७, मंगलबार

काठमाण्डौंः द भ्वाइस अफ नेपाल सिजन ३ का फाइनलिष्ट गोविन पुनले आफ्नो नयाँ सांगीतिक सौगात‘जुनी भरीलाई’ सार्वजनिक गरेका छन्।

युवा प्रेम र आकर्षणको भावानालाई समेटिएको यस गीतमा शब्द धर्मेन्द्र पुर्जाको रहेको छ भने संगीत स्वयम् गायक पुनको रहेको छ। गीतलाई कमल रानाले संगीत संयोजन गरेका हुन्।

जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। गोविन्द विष्टले छायाँकन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सले सम्पादन गरेका हुन्। मिंग्मा शेर्पाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो‘बेजिला फिल्म्स’ को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

लामो समयदेखि कलाकारिता र निर्देशनमा सक्रिय लक्ष्मण पुन लक्स मिस्टर इन्टरनेशनल २०१० का विजेता समेत हुन्। स्वर्गीय आलोक नेम्वाङको निर्देशनमा ६ वटा भिडियोमा अभिनय गरेका पुनले चर्चित अभिनेत्री नम्रता श्रेष्ठ , दिया मास्के , विनिता बरालसंग सहकार्य गरिसकेका छन्।

नेपाली चलचित्र ‘डु यु लभ मी’ मा मुख्य भूमिकामा काम गरेका पुनले बिरेन्द्र हमालबाट अभिनयको प्रशिक्षण समेत लिएका थिए। थुप्रै चर्चित गायकहरुको भिडियोहरुमा अभिनय गरेका पुन अभिनयको अलावा भिडियो सम्पादन र निर्देशनमा समेत अब्बल छन्। यसअघि पुनको अभिनयमा रहेको ुअलि अलिु बोलको म्युजिक भिडियो दर्शक स्रोतामाझ लोकप्रिय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)