सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गुगल क्रोमका प्रयोगकर्तामाथि जासुसी

२०७७ असार ५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: गुगल क्रोमका प्रयोगकर्तामाथि ३ करोड २० लाखभन्दा बढी डाउनलोड भएको एक्सटेन्सनको माध्यमबाट जासुसी भएको खुलेको छ ।

अवेक सेक्युरिटीले गुगल क्रोमका प्रयोगकर्तामाथि भइरहेको जासुसी पत्ता लगाएको हो । गुगल क्रोमले आफ्नो ब्राउजरलाई यस्तो आक्रमणबाट बचाउन नसकेको शोधकर्ताहरुले बताएका छन् ।

मेल, पेरोल र अन्य संवेदनशील कामका लागि प्रयोग गरिने ब्राउजरलाई अल्फाबेटले बचाउन नसकेको उनीहरुको भनाइ छ । गत महिना शोधकर्ताहरुले चेतावनी दिएसँगै अल्फाबेटको गुगलले आधिकारिक वेब स्टोरबाट ७० हानिकारक विज्ञापन (एड)हरु हटाएको थियो । गुगलका प्रवक्ता स्कट वेस्टओभरले वेब स्टोरमा रहेका एक्सटेक्सनहरुले आफ्नो नीति पालना नगरेको पाइएसँगै उनीहरुलाई हटाउँदै त्यस्ता एक्सटेन्सनहरुलाई आगामी दिनमा रोक्ने गरी प्रणालीमा पनि सुधार गरिएको बताएका छन् ।

गुगल क्रोममा पाइने अधिकांश फ्रि एक्सटेन्सनहरुले प्रयोगकर्तालाई फरक फरक किसिमको फिचर्स दिने गरेका छन् । यसमध्ये धेरैजसो कुनै फाइललाई एक फरम्याटबाट अर्कोमा कन्भर्ट गर्ने फंगसन रहेको पाइएको थियो ।

अहिले भएको साइबर आक्रमणमा भने एक्सटेन्सनको माध्यमबाट प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्रि र अन्य आन्तरिक सूचनाहरु चोरेको पाइएको छ । यस किसिमका सूचनाहरु राष्ट्रिय जासुसी तथा संगठित अपराधको लागि प्रयोग हुनसक्ने जानकारहरुले चेतावनी दिएका छन् ।

अहिलेसम्म यो आक्रमणमा कसको हात थियो भन्ने खुलेको छैन । एक्सटेन्सन निर्माताहरुले गुगललाई एक्सटेन्सन पठाउँदा गलत कन्ट्याक्ट सूचना दिएको अवेक सेक्युरिटीले बताएको छ ।

गुगलले भने अहिले भएको आक्रमण कसरी भयो भन्ने विषयमा कुनै जानकारी दिएको छैन । यसअघि पनि गुगल क्रोमबाट लाखौं प्रयोगकर्ताको सूचना चोरी भएको पाइएको थियो ।  स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी