सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विप्लव समुहका स्याङ्जा सेक्रेटरी गोकुल पराजुली सहित ३ जना प्रहरी नियन्त्रणमा

२०७६ भाद्र २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रतिबन्धित नेकपा (विप्लव) समुहका स्याङ्जा सेक्रेटरी गोकुल पराजुली सहित तीन जनालाई प्रहरीले उच्च अदालतको गेटबाहिरबाट पुनः पक्राउ गरेको छ ।

उच्च अदालत पोखराले साधारण तारेखमा रिहा गर्न आदेश दिए लगत्तै रिहा भएका गोकुल पराजुली लगायत तीनैजना जनालाइ प्रहरीले  पुनः पक्राउ गरेको हो । यसरी पक्राय गर्ने क्रममा मिसिरा नेपाली भने प्रहरी घेराउबाट भाग्न सफल भएकी छिन् । एनसेल टावरमा क्षति पुर्याएको अभियोगमा जिल्ला अदालत स्याङ्जाले दुई लाख रूपैयाँ प्रति व्यक्ति र विष्फोटक पदार्थ सम्बन्धि मुद्दामा प्रति व्यक्ति दुई लाख २० हजार धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको थियो ।

जिल्ला सेक्रेटरी गोकुल पराजुली लगायतका चार जना नेता जिल्ला अदालतले तोकेको धरौटी राख्न इन्कार गरेपछि उनिहरूलाइ कारागार चलान गरिएको थियो । जिल्ला कारागार शाखा स्याङ्गजा चलान गरिएका अन्य नेताहरुमा जिल्ला जनसरकार प्रमुख सागर अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी स्याङ्गजा संयोजक गोबिन्द ओली र महिला नेतृ मिसिरा नेपाली रहेका छन् ।

स्याङ्ग्जा जिल्ला अदालतको उक्त आदेश बदरको माग गर्दै उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट बारे फैसला गर्दै उच्च अदालत पोखराले उक्त धरौटी रकम माग अस्वाभाविक भन्दै साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव