सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सि.के राउत संगठन बनाउदै मधेश दौडाहमा एकैदिन तिन जिल्ला पुग्छन् कार्यकर्ता रिझाउन

२०७६ भाद्र २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वतन्त्र मधेश गठनबन्धनका तत्कालिन संयोजक एवं नवगठित जनमत पार्टीका अध्यक्ष सिके राउत मधेश दौडाहमा निश्केका छन् । देशब्यापी संगठन निर्माणमा केन्द्रित हुने केन्द्रिय समितिको निर्णय पश्चात उनी देश दौडाहमा निश्केका हुन् । सोही क्रममा राउतले आईतबार मात्रै तराइका तिन जिल्लाका विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

राउतले बिहान झापाको बिर्तामोड न.पा.- १ स्थित मारवाडी सेवा सदनको सभाहलमा जनमत पार्टी झापाले आयोजना गरेको अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट एवं जनमत पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । लगत्तै झापाबाट मोरङ जिल्लाको बिराटनगर स्थित रामजान्की सदनमा स्थानीय ब्याक्तिहरुसँग राजनैतिक अन्तरक्रियामा सहभागी भएका थिए ।

बिराटनगरको कार्यक्रम सकेर उनी सप्तरी जिल्लाको राजबिराज न.पा.-२ तितरिगाँछी राजदेबि टोल स्थित आफ्नै निवासमा पुगेका छन् । सोमबार उनले सर्लाही जिल्लाको मलङ्गवा, स्थित जानकी पार्टी प्यालेस, जि.वि.स. चोकमा जनमत पार्टीका कार्यकर्ताहरूसँग अन्तरक्रिया कार्यक्रम (सर्वपक्षीय) तथा कार्यकर्ता भेटघाट गर्ने कार्यसूची रहेको छ ।

शनिवार मात्रै कार्यकर्ताहरुसँग भेटघाट गर्न सिरहाको मिचैया पुगेका राउत सुनसरीको इनरुवा नपा २ जिबिस रोड लाइनमा जनमत पार्टी कार्यालय उद्घाटन तथा स्वराज आन्दोलनका प्रथम शहीद राम मनोहर यादबको  श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका थिए । शनिवारै मोरङ्गको रङ्गेली न.पा.४ आमतोला स्थित श्री जनता मा.बि.को प्राङ्गणमा आयोजित छाता, पुजा, आर, मेला २०७६ कार्यक्रममा सहभागी भए सोही राती बिराटनगरमा रहेका थिए ।

स्वतन्त्र मधेसको एजेण्डा सहित पृथकतावादी गतिविधि गरिरहेको डा सिके राउतले गत फाल्गुन २४ गते सरकारसँग सहमति गरी मुलधारको राजनितिमा प्रवेश गरेसँगै नयाँ पार्टीको रूपमा जनमत पार्टी दर्ता गरी छुट्टै कार्यक्रमहरू सञ्चालन गरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन उपाध्यक्ष पौडेलको आग्रह

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली