काठमाण्डाैंः लुक्लाबाट काठमाण्डौंका लागी उडेका ७ वटा हेलिकप्टर खराब मौसमका कारण काभ्रे र सिन्धुलीका विभिन्न ठाउँमा अकस्मात अवतरण भएका छन् ।
बाक्लो कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आउन नसक्ने भएपछि ती दुइ जिल्लाका विभिन्न स्थानमा बिहानको आसपासमा आकस्मिक अवतरण गराइएका हुन् ।
यसरी अवतरण गराइएका हेलिकप्टरहरू मध्य चारवटा हेलिकोप्टरमध्य पाँचखाल नगरपालिका वडा नम्बर २ जोरपाटी भन्ने स्थानमा मनाङ्ग एयरको १ वटा र सिम्रिक एयरको २ वटा र पाँचखाल नगरपालिका वडा नम्बर २ कै हर्थै भन्ने स्थानमा कैलाश एयरको १ वटा हेलिकोप्टर अवतरण गरेका हुन् ।
जोरपाटीमा अवतरण गरिएको मनाङ्ग र सिम्रिक एयरका हेलिकप्टरमा चालक दलका ३ जना सदस्य र बाँकी १५ जना स्वदेशी यात्रु तथा हर्थैमा अवतरण गरिएको कैलास एयरको हेलिकप्टरमा १ जना चालक र २ जना बिदेशी नागरिक सकुसल रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरिक्षक दिपक गिरीका अनुसार लुक्लाबाट उडेका उक्त हेलिकप्टरहरू धुलिखेल आसपासका जङ्गलमा बाक्लो कुहिरोका कारण काठमाण्डाैं तर्फ जान नसकी उक्त स्थलमा नै आकस्मिक अवतरण गरिएका हुन् । डिएसपी गरिका अनुसार चार वटा हेलिकप्टर मध्य सिम्रिक एयरको १ वटा हेली बिहान पाैने १० बजे चालक सहित ६ जना यात्रु लिएर टेक अफ भएको थियो ।
लुक्लाबाट ८ वटा हेलिकोप्टर काठमाण्डाैंको लागी टेक अफ भएकोमा चारवटा खराब मौसमका कारण काभ्रेमा आकस्मिक अवतरण गरिएको र बाँकी ३ वटा हेलिकप्टरहरू सिन्धुलीको सुनकोसी गाँउपालिका वडा नम्बर १ स्थित कुशेश्वर मन्दिर नजिक रोसीखोलामा बिहान पौने ९ बजे अवतरण गरिएको पुष्टि गरेका छन् ।
हेलिकप्टर अवतरण गरिएका स्थानमा प्रहरी नपुग्दै २ वटा हेलिकोप्टर टेक अफ भएको र हाल उक्त इलाकामा अल्टिच्युट हेलिकोप्टर मात्र रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
