सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई हवाइभाडामा ५० प्रतिशत छुट (विज्ञप्ती सहित)

२०७६ असोज १, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल एयरलाइन्सले  ७० वर्ष पुरा भएका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले केही समय अघि ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए ।

पर्यटन मन्त्रीको उक्त घोषणा सँगै नेपाल एयरलाइन्सले असोज १ गतेदेखी लागु हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको हो । यो छुट पाउन जेष्ठ नागरिकको परिचय पत्र वा नागरिकता अनिवार्य हुनुपर्नेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि योगेश भट्टराईले  ल्याएको कार्ययोजनामा ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई हवाइ भाडामा दशैं अगाडी नै ५० प्रतिशत छुट दिने बताउदै आएका थिए ।

नेपाल एयरलाइन्सका सह-प्रवक्ता सुलेख मिश्रले जारी गरेको प्रेश विज्ञप्ती

प्रेस विज्ञप्ति

मितिः २०७६/६/१ गते

जेष्ठ नागरिकको सम्मान स्वरुप नेपाल वायुसेवा निगमले ७० बर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । निगमको निर्णय अनुसार यो व्यवस्था आसेज १ गते २०७६ देखि लागू हुनेछ । जेष्ठ नागरिकले ७० बर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराए पछि ५० प्रतिशत छुटको टिकट निगमको कार्यालयबाट उपलब्ध गराइनेछ । संस्कृति, पर्यटन तथा नागकिर उड्डयन मन्त्री योगेश भट्टराईले घोषणा गर्नु भएको कायर्क्रमहरुमध्ये ५० प्रतिशतको छुट समेत समावशे भएकाले निगमले त्यसलाइर्कायरुपमा ल्याउन ५० प्रतिशत छुटको व्यवस्था गरेको हो। संस्थागत सामाजिक उत्तरदायित्वलाई कार्य रुप दिन क्यान्सर पीडित विरामीहरुलाई पनि निःशुल्क र छुटका टिकट उपलब्ध गराउँदै आएको छ ।


सुलेख मिश्र
सह–प्रवक्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रपतिद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी (विज्ञप्ती सहित)

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस)

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

विप्लव पुत्र प्रकाश विवाह बन्धनमा

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान