सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बहुमतको आडमा संसदमा पुनः बिधेयक ल्याए बैठक अवरूद्ध पार्ने संसदिय दलको निर्णय

२०७६ असोज १, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली काँग्रेस संसदिय दलको बैठकले संसदमा असहमतिका बाबजुद पनि सरकारले बहुमतको आडमा बिधेयक ल्याइ रहेको भन्दै संसद बैठक निरन्तर अवरूद्ध पार्ने निर्णय गरेको छ । संसदिय दलका नेता एवं पार्टी सभापति शेर बहादुर देउबाको अध्यक्षतामा सिंहदरबारमा बसेको संसदिय दलको बैठकले उक्त निर्णय गरेको हो ।

बुधबार मध्यान्ह २ घण्टा बसेको बैठकले पार्टीको असहमती हुँदा हुँदै पनि राष्ट्रियसभाको बैठकले भूमि सम्बन्धि आठौ संशोधन विधेयक २०७५ लाई संसोधन सहित बहुमतले पारित गरेपछि आक्रोसित बनेको छ ।

उपनेता बिजय कुमार गच्छदार, महामन्त्री डा. शसांक कोइराला, प्रमुख सचेतक बालकृष्ण खाँण, ज्ञानेन्द्र बहादुर कार्की, पुष्पा भुसाल लगायत तीन दर्जन सांसदहरूको उपस्थिति रहेको बैठकमा दलका नेता समेत रहेका देउवाले यथास्थितिमा नागरिकता सम्बन्धी विधेयक कुनै हालतमा पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन समेत दिएका छन् ।

त्यसैगरी विचाराधिन नागरिकता सम्बन्धी विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै विधेयकलाई पारित हुन नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा छलफल जारी

‘मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध’

सुकुम्बासीमाथि डोजर आतंक बन्द गर्न माओवादीको माग

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल

सत्य निरूपण र बेपत्ता आयोगका छिटो पदाधिकारी नियुक्त गर्न माग

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन