सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उप-निर्वाचनका लागि २१ दलद्धारा निर्वाचन आयोगमा निवेदन

२०७६ असोज १, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यही मंसिर १४ गते हुने उप-निर्वाचनका लागि विभिन्न २१ वटा राजनितिक दलहरूले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । निर्वाचन आयोगले तोकेको समय सिमा भित्र दल दर्ताका लागि निवेदन दिएका छन् ।

आयोगले मंसिर १४ गते हुने उप-निर्वाचनमा सहभागी हुन चाहने दलहरूलाई दर्ताका लागि भदौ मसान्तसम्मको समय अवधि तोकेको थियो । यसरी दल दर्ताको लागी निवेदन दिने दलहरूमा संघिय संसदमा प्रतिनिधित्व गर्ने सत्तारूढ प्रमुख २ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टी रहेका छन् ।

यसैगरी दल दर्ताको लागी निवेदन दिने दलहरूमा साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), मंगोल नेसनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, नेपाल लोकतान्त्रिक पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् ।

यसैगरी हाम्रो पार्टी, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस (बीपी), ग्रीन पार्टी नेपाल र आमूल परिवर्तन मसिहा पार्टी नेपाल रहेका छन् ।

२०७४ को तीन तहको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका लागी पुनः दल दर्ता गर्नु नपर्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (फोटोफिचर)

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

बजार अनुगमन थप प्रभावकारी बनाउनुस्: कार्यवाहक प्रधानमन्त्री खड्का

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

उपेन्द्र यादव लागे अमेरिका

प्रधानमन्त्री प्रचण्ड ङारीबाट छन्दु प्रस्थान गर्दै

एमाले कोशी प्रदेशको उदघाटन आज, ओलीले सम्बोधन गर्ने