
काठमाण्डौः सत्तारुढ प्रमुख दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहिबार प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बस्ने भएको छ ।
विहान ९ बजेपछि बस्ने बैठकमा पार्टीको एकता प्रक्रियाका टुंगिन बाँकी रहेका प्रमुख बिषयहरू, निर्वाचन आयोगमा उपनिर्वाचनको लागी दल दर्ता पछिको अवस्था एवं समसामयिक राजनीति लगायतका बिभिन्न बिषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
बिहिबारको बैठकलाई लक्षित गरी एजेण्डा तय गर्न बुधबार साँझ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान छलफल भएको थियो ।