गायक दीपक परियारको उपचारका क्रममा मृत्यु

गायक दीपक परियारको उपचारका क्रममा मृत्यु

काठमाण्डौः लकडाउनको बिचमा आत्माहत्या गर्नेको संख्या बढ्दो छ । कतिले त डिप्रेशनका कारण आत्माहत्या गरेका छन् त कतिले आर्थिक शंकटका कारण । यस्तैमा आत्माहत्याको प्रयास गरेका गायक दीपक परियारको उपचारका क्रममा मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । गुल्मी इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए ।

कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए । दीपकको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply