सदाबहार खबरको रफ्तार ....
बैसाख १६, २०८१ आइतबार
April 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण

२०८० चैत्र १५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।

यही चैत १४ गते मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिएको आन्तरिक छड्केमा ती कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको पाइएको जनाइएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा मन्त्रालयको प्रशासन शाखाबाट छड्के गरिएको थियो ।

कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नआए कानुनबमोजिम कारबाही हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यस किसिमका अनुगमन तथा छड्के मन्त्रालयअन्तर्गतका विभाग तथा कार्यालयमा समेत निरन्तररूपमा हुने र कार्यालय समयमा बिनाजानकारी अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारी माथि कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।

दुई सहसचिवको सरुवा

यसैबीच मन्त्रालयले शिक्षा सेवाका दुई सहसचिवको सरुवा गरेको छ । मन्त्रालयमा कार्यरत सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटालाई शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुखमा र आयोगमा उक्त भूमिकामा रहनुभएका डा कमल पोखरेललाई मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव केशवप्रसाद दाहाललाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नवनियुक्त शिक्षकको दुःखेसो—आयोग पास गरेर पनि पढाउने विद्यालय पाएनौँ

प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय

नागार्जुन नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा शिक्षा निःशुल्क

आयोगले प्राथमिक तहको खुला तर्फको विज्ञापन गर्यो , कुन जिल्लामा कति ?(विज्ञापन सहित)

पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा विद्यार्थी दीक्षित

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ प्रधानमन्त्री

कक्षा १२ को परीक्षाको सबै तयारी पूरा : एक हजार ५२६ परीक्षा केन्द्र तोकिए

राष्ट्रियसभा गृहमा करिब ५ सय लेखिकाका एक हजार पुस्तक प्रदर्शनीमा

राज्यकोषबाट सुविधा लिनेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

शिक्षाविद् लक्ष्मण राजवंशीको स्मृति दिवस मनाइयो

काठमाडौँ महानगरका सामुदायिक विद्यालयमै फोहर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै