सदाबहार खबरको रफ्तार ....
बैसाख २३, २०८१ आइतबार
May 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राज्यकोषबाट सुविधा लिनेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

२०८१ बैसाख १३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः व्यास नगरपालिकाको कार्यालयले राज्यबाट तलबभत्ता खाने सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।

नगरपालिकाको बैठकले चालु शैक्षिकसत्र २०८१ देखि जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जनप्रतिनिधिले सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णयलाई व्यवहारमै लागू गर्न आवश्यक रहेकाले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने अभियान थालेको बताउनुभयो । नगरप्रमुख न्यौपानेले आफूले नाति नवनीत न्यौपानेलाई व्यास नगरपालिका वडा नं २ दमौलीस्थित सत्यवती माध्यामिक विद्यालयमा कक्षा ६ मा भर्ना गरेको जानकारी दिनुभयो ।

तनहुँको व्यास नगरपालिकाले शैक्षिकसत्र २०८१ देखि जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षक र निजामती कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेको थियो । पछिल्लो समय जिल्लाभर सामुदायिक विद्यालय विद्यार्थी अभावमा रित्तिँदै गएपछि व्यास नगरपालिकाको कार्यालयले निर्णय नै गरेर जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउने अभियान थालेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । यो निर्णयबाट शिक्षक, जनप्रतिनिधि र कर्मचारी गरी करिब आठ सय जना प्रभावित हुने व्यास नगरपालिकाको कार्यालयले जनाएको छ ।

“राज्यले सामुदायिक विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल प्राप्त भएको छैन”, नगरप्रमुख न्यौपानेले भन्नुभयो, “सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपछि शैक्षिक गुणस्तर वृद्धि हुनेसमेत हामीले अपेक्षा गरेका छौँ ।” सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाउन नगरपालिकाको निर्णयले सकारात्मक प्रभाव पार्ने व्यास–२ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अनिल श्रेष्ठले राससलाई बताउनुभयो । ‘‘व्यास नगरपालिकाको निर्णयले सामुदायिक विद्यालयलाई थप जिम्मेवार बनाउने हामीले ठानेका छौँ”, सहायक प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो, “अन्य पालिकाले समेत यस्तो कार्यको अनुशरण गर्न आवश्यक छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विश्वविद्यालय स्थापना गर्नपाउने अधिकार कार्यान्वयन प्रक्रिया सुरूभयोः मुख्यमन्त्री जम्कट्टेल

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

महानगरको सिप मेला- १९ गतेसम्म फाराम भर्नेहरुको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने

गर्मी कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

टाढाका विद्यार्थीलाई आवासीय सुविधा

संस्थागत विद्यालयको नाम परिवर्तन प्रकरण: सर्वोच्चद्वारा अल्पकालीन आदेश, थप रिट दर्ता हुँदै

श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल

उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

जनक शिक्षाद्वारा रु १८ करोड ६७ लाख मूल्य बराबरका पाठ्यपुस्तक बिक्री

दुई विश्वविद्यालयका उपकुलपति नियुक्त

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य