सदाबहार खबरको रफ्तार ....
बैसाख २१, २०८१ शुक्रबार
May 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मन्त्री सँगको फोटो देखाएर लाखौं ठग्ने गौरका सोनी पक्राउ

२०८० चैत्र १७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः देशको बिभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरु सँगको आफ्नो तस्वीर देखाएर लाखौं रुपैया ठगी गर्दैआएका गौरका एकजना युवक पक्राउ परेका छन्।

त्रिवि शिक्षण अस्पताल काठमाडौं स्थित बिए नर्सिङमा नामाङकन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवन कुमार सोनी पक्राउ परेका हुन्।

बहालवाला तथा पूर्वमन्त्रीहरु तथा अन्य भीआईपी सँग आफ्नो फोटो देखाएर भीआईपी कोटामा बिए नर्सिंगमा नामाङकन गराउने नाउँमा लाखौँ ठगेका स्थानिय दुर्गा भगवती गाउँपालिका ६ घर भएर गौर ५ बस्ने राम एकवाल साह सोनारका छोरा ३० बर्षीय पवन कुमार सोनी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।

सोनीले शिक्षण अस्पतालको बिए नर्सिङमा नामाङकन गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका ११ का जोगबहादुर बोहराको छोरी बिमला बोहरा सँग आठ लाख १० हजार ३७५ रुपैया ठगेको उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

सोनी लाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिलगढी डोटी पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा

१२ काे परीक्षा दिएर फर्किदै गरेकी छत्रालाई गाेली प्रहार

झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

अवैध लागूऔषधसहित १२ जना पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

नक्कली प्रमाणपत्र लिएको आरोपमा गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध मुद्धा दायर

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट

महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ

नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ

जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ