सदाबहार खबरको रफ्तार ....
बैसाख २२, २०८१ शनिबार
May 4, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मस्को हमलामा संलग्न रहेको आशंकामा थप ९ जना ताजिकास्तानी पक्राउ

२०८० चैत्र १७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मस्को कन्सर्ट हमलामा ९ जना ताजिकास्तानी पक्राउ परेका छन ।

ताजिकिस्तानको राज्य सुरक्षा सेवाले मस्को कन्सर्ट हलमा गत हप्ता बन्दुकधारीहरूले गरेको हमलाका अपराधीहरूसँग संदिग्ध सम्पर्कको लागि ९ जनालाई पक्राउ गरेको छ । जुन घटनामा १४४ जनाको मृत्यु भएको थियो ।

‘वख्दत जिल्लाका नौ जना बासिन्दाहरूलाई मार्च २२ मा क्रोकस सिटी हलमा आतंककारी हमला गर्ने व्यक्तिहरूसँग सम्पर्कको लागि हिरासतमा राखिएको थियो,’ आरआईए नोवोस्ती समाचार एजेन्सीले शुक्रबार भनेको छ । ताजिकिस्तानको विशेष सेवाका अनुसार ती संदिग्धहरूलाई पक्राउ गर्ने अपरेशनमा रूसी सुरक्षा बलका सिपाहीहरू पनि संलग्न रहेको थिए ।

वख्दत ताजिकको राजधानी दुशान्बेको पूर्वमा अवस्थित छ। रिया नोवोस्तीका अनुसार गिरफ्तार गरिएका व्यक्तिहरू आईएसआईएल (आईएसआईएस) सँग सम्बन्ध रहेको आशंका गरिएको छ।

यो मस्कोको अदालतले घातक कन्सर्ट हल आक्रमणमा अर्को संदिग्ध  लुटफुल्लोई नाज्रिमादलाई अभियोग लगाएको थियो र कम्तिमा मे २२ सम्म हिरासतमा राख्नुपर्ने आदेश दिइएको छ । उनीमाथी अनुसन्धान र सुनुवाइ बाँकी नै छ।

रुसी स्वतन्त्र समाचार साइट मिडियाजोनाले नाजरीमादलाई उद्धृत गर्दै अदालतमा आफ्नो जन्म ताजिकिस्तानमा भएको बताएको छ। नजरीमाद अदालतको सामना गर्ने नवौं संदिग्ध हुन्।

मस्कोबाट रिपोर्टिङ गर्दै अल जजीराका डोर्सा जब्बारीले २४ वर्षीय नाजरीमादमाथि आतंकवादी गतिविधि सञ्चालन गर्ने षड्यन्त्र गरेको आरोप लागेको र उनका वकिलका अनुसार उनले केही आरोपहरू स्वीकार गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा

१२ काे परीक्षा दिएर फर्किदै गरेकी छत्रालाई गाेली प्रहार

झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

अवैध लागूऔषधसहित १२ जना पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

नक्कली प्रमाणपत्र लिएको आरोपमा गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध मुद्धा दायर

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट

महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ

नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ

जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ