सदाबहार खबरको रफ्तार ....
बैसाख २१, २०८१ शुक्रबार
May 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

वीरगंजमा अबैध कल सेन्टर संचालन गर्ने दुई चिनिया पक्राउ

२०८० चैत्र १७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वीरगंजमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनिया नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाकाे आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगंज महानगरपालिकाकाे वडा नं. १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

कल सेन्टर संचालन गरेर अवैध काराेबार संचालन गर्ने दुई चिनिया नागरिकलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । साे घरबाट दर्जनाैं संख्यामा अवैध कम्प्युट लगायतका इलेक्ट्राँनिक्स सामानहरु समेत बरामद भएकाे वताउँदै डिएसपी थापाले थप अनुसन्धान भइरहेकाे जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक (एपसपी) कुमाेध ढुंगेल नेतृत्वमा नै खटिएकाे प्रहरी टाेलीले साे घरमा छापामारी गरेकाे थियाे । प्रहरीका अनुसार चिनिया गिरोहले भाडामा घर लिएर कल सेन्टर संचालन गरेर अवैध रूपमा काराेबार गर्दै आएका थिए ।

प्राप्त जानकारी अनुसार नन्दु राउत कुर्मीकाे घरमा दुई महिना पहिला हेटाैंडाकी एक महिलाले घर भाडा लिएकी ‍थिइन । साेही घरमा चिनिया नागरिकले सञ्चालन गर्दै आएकाे अवैध धन्दाकाे गिरोहमा थप व्यक्ति पनि रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेकाहरुकाे नाम अहिले खुलाएकाे छैन् । भाेली (आइतबार) पक्राउ परेका र बरामद सामानहरु बारे बिस्तृत रुपमा जानकारी गराइनले पर्सा प्रहरी प्रवक्ता थापाले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा

१२ काे परीक्षा दिएर फर्किदै गरेकी छत्रालाई गाेली प्रहार

झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

अवैध लागूऔषधसहित १२ जना पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

नक्कली प्रमाणपत्र लिएको आरोपमा गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध मुद्धा दायर

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट

महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ

नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ

जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ