सदाबहार खबरको रफ्तार ....
बैसाख २१, २०८१ शुक्रबार
May 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तेह्र वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने मगर पक्राउ

२०८० चैत्र १९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ :  नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्र्रप्रसाद फुयालले बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको जानकारी दिनुभयो । “खाजा घरमा डरमा पारी राखेको अवस्थामा बालिकालाई उद्धार गरेर मगरलाई पक्राउ गरेका हौँ,” उहाँले भन्नुभयो ।

प्रहरीले पक्राउ मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडाँै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक फुयालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा

१२ काे परीक्षा दिएर फर्किदै गरेकी छत्रालाई गाेली प्रहार

झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

अवैध लागूऔषधसहित १२ जना पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

नक्कली प्रमाणपत्र लिएको आरोपमा गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध मुद्धा दायर

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट

महिला फिटनेस प्रशिक्षकलाई ११ बर्षको जेल सजाय

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ

नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ

जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ