
काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवशरमा रात्रीभोज कार्यक्रमको आयोजना गरेकी छन् ।
साँझ ६ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायतका उच्च पदस्थ ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दिवसको रूपमा मनाइएको उक्त कार्यक्रममा बिशिष्ट ब्यक्तिहरूबिच शुभकामना आदनप्रदान गर्ने कार्यक्रमको रूपमा आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कार्यक्रममा पुर्बप्रधानमन्त्रीहरू विभिन्न मन्त्रालयका मन्त्रीहरू, सचिवहरू, कुटनितिक नियोगका प्रमुखहरू तथा चारवटै सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।