सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिनियाँ राष्ट्रपति दशैं लगत्तै नेपाल भ्रमणमा आँउदै

२०७६ असोज ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति सि जिनपिङ्ग यही असोज २७ गते नेपाल भ्रमणमा आउने लगभग पक्का भएको हो ।

त्यसअघि उनी भारत-चीन अनौपचारिक सम्मेलनका लागी भारत जाने कार्यक्रम रहेको छ । भारतको तामिलनाडुमा हुने सम्मेलन सकेर बेइजिङ फर्किनुअघि करिब ९ घण्टाका लागि काठमाडौं भ्रमणमा आउने कार्यक्रम रहेको छ । राष्ट्रपति सि को उक्त भ्रमणलाइ लिएर सरकारले सुरक्षा सर्तकता अपनाउन आफ्ना मातहतका निकायलाई निर्देशन दिएको जनाएको छ ।

राष्ट्रपति सि को भ्रमण अगावै सुरक्षाको योजना बनाउन चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागको एक प्रतिनिधीमण्डल नेपाल भ्रमणमा आउनेछ । प्रतिनिधिमण्डलले सरकार लगायत प्रतिपक्ष दलका नेताहरूसँग छुट्टाछुट्टै भेटी राष्ट्रपति सि को भ्रमणमा गर्न सकिने सम्झौताहरूका बिषयहरूमा समेत छलफल गर्नेछ ।

राष्ट्रपति सि को भ्रमणका बेला महत्वाकांक्षी केरुङ-रसुवागढी-काठमाडौं रेलमार्ग विस्तार, तेल पाइपलाइन लगायत महत्वपूर्ण सम्झौताको तयारी भइरहेको छ । यसैगरी नेपालले चीनलाई उपहार स्वरूप दुईवटा गैंडा पनि सोही बेला हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड