सदाबहार खबरको रफ्तार ....
बैसाख १८, २०८१ मंगलबार
April 30, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै: सञ्चारमन्त्री शर्मा

२०८० चैत्र ३०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उहाँले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गर्नुभयो ।

ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा छन् । सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समिति (रासस)को समाचार शुल्कमा सहुलियत उपलब्ध गराउन सकिने धारणा राख्नुभयो ।

मन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले न्यूनतम पारिश्रमिकलाई पनि समयानुकूल बनाउने उल्लेख गर्दै सत्य, तथ्य समाचार आए सरकारलाई सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

शाखाले पत्रकारिताको माध्यमबाट योगदान गर्नेलाई विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गुगलको पाइथान टिम बर्खास्त

एनसेलले ल्यायो भारत, चीन र बङ्गलादेश भ्रमणमा जानेका लागि डेटा रोमिङ

समुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !

स्वतन्त्र पत्रकार संघ केन्द्रिय टोली भक्तपुरमा

कल सेन्टरमा एआइको प्रयोग हुदै, लाखौं बेरोजगार हुदै

इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने

सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने

टेस्लाले थप २६ सय कर्मचारी हटाउने

कनेक्ट आईपीएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

एयरपोर्टमा इडुरोम सञ्चालनमा ल्याइने

एप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाखलाई रोजगारी दिने

पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण (एटलस) नक्सा