सदाबहार खबरको रफ्तार ....
बैसाख २०, २०८१ बिहिबार
May 2, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फिल्म सारङ्गी’ निर्माणको घोषणा

२०८१ बैसाख ७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको: सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारीक घोषणा गरिएको हो ।

सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस फिल्मलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित निर्माण टिमले सार्वजनिक गरेको मोसन पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझन सकिन्छ ।

सार्वजनिक मोसन पोस्टरमा सारङ्गीको मिठो धुन अनि पहाडको बाटो । अगाडि बुढो रुख नजिकै देखिन्छन्, एक व्यक्ति । जसले काँधमा झुण्ड्याएका छन् सारङ्गी, र बच्चा बोकेका छन्, काँधमा । बच्चाले सोध्छ- तिमी मलाई सधैँ किन काँधमा बोकेर हिड्छौ ? हाँस्दै बाउले जवाफ दिन्छ- म भन्दा ठूलो मान्छे होलास्, मैलेभन्दा परसम्म देख्लास् भनेर । यतिभन्दा ऊ भक्कानिसकेको हुन्छ । गला अबरुद्ध हुन्छ । थप बोल्न सक्दैन ।

स्वभाविक पनि हो, उसलाई हेर्दा ऊ गाउँघरमा सारङ्गी रेटेर आफ्नो घरपरिवार चलाइरहेको अनुमान लगाउन सकिन्छ । ऊ जहाँ जान्छ, बच्चालाई यसैगरी सँगै लिएर हिँड्ने गरेको बुझ्न सकिन्छ । गाउँ छोडेर सहरसम्मको पँखेटा लगाउने उसमा चाह भए पनि परिवन्धमा परेर घर छोड्न नसकेको अनुमान लगाउन सकिन्छ । उसको परिवारमा बाउ र छोरा मात्रै रहेको अनुमान लगाउन सकिन्छ ।

हुन पनि हो, यो संसारमा मान्छे एउटा त्यस्तो प्राणी हो जसले एउटा व्यक्तिको मात्रै इर्ष्या गर्दैन । त्यो हो सन्तान र उसको प्रगति । आफ्नै दाजुभाइको समेत इर्ष्या गर्ने मान्छेलाई आफ्नो सन्तानले भने आफूलाई पनि उछिनेर अगाडि बढेको हेर्ने चाह हुने गरेको बताइन्छ । त्यही तथ्यलाई यो संवादले संकेत गरेको छ ।

संवादपछि सन्तानको खुसीका लागि आफूले सकेजति घाम र हुरी पनि छेकिदिने र शरीरमा एकमुठ्ठी सास रहेसम्म सन्तानलाई काँधमा बोकेर हिँडिरहने माया दशाइरहेका बेला फिल्म ‘सारङ्गी’को मोसम पोस्टरको क्रेडिट लाइन सुरु हुन्छ । फिल्मले सारङ्गी बजाउँदै हिँड्ने गाइने समुदायको बाध्यता र सन्तानप्रतिको त्यागको कथा भन्ने मोसन पोस्टरमाफर्त् संकेत गरेको छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दै छन् । रमेश चौलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?

बेलायतमा नेपाली कन्सर्ट हुँदै

मनिषा कोइरालाको हिरामण्डी आज रिलिज हुदैँ, लस एन्जलसमा राखियो प्रिमियम शो

‘दान्भी’ ले मैदान छोड्यो, जेठ १० मा दुई फिल्म भिड्ने

फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक

बलिवुड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो

ऋषि धमलाको फिल्ममा कमब्याक, ‘भाइरल गोर्खे’ मा अनुबन्धित

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

टिकटक बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !

अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड

दयाहाङ र मिरुनाको फिल्म ‘घरज्वाइँ’ को पोस्टर सार्वजनिक

अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने