सदाबहार खबरको रफ्तार ....
बैसाख ३०, २०८१ आइतबार
May 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महोत्तरी एकडाराकी उपाध्यक्ष सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका कि उपाध्यक्ष महजवी खातुन सहित ६ जना विरुद्ध शुक्रबार विशेष अदालत काठमाण्डौमा आरोप-पत्र दायर गरेको छ ।

पालिकाको वडा न.१ अन्तर्गतका शाखा सडकहरु ढलानको लागि  विनियोजन गरेको रकम हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुने माग दावी गर्दै आरोप-पत्र दायर गरेको हो ।

आर्थिक बर्ष २०७९/०८० को उक्त योजनामा उपाध्यक्ष सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडललाई दोषी ठहर गर्दै अख्तियारले ८ लाख ६५ हजार १ सय ४५ विगो जरिवाना समेत माग गरेको छ ।

सडक ढलान योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार नभएको,  गुणस्तर नै चेकजाँच नगरी सम्झौता बमोजिमको कार्य सम्पन्न भएको भनी गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता नरहरी घिमिरेले वताए ।

त्यसैगरी अख्तियारले पालिकासगँ सम्झौता गरेर गुणस्तरिय काम नगर्ने मनरासिस्वाको निर्माण कम्पनी जानकी कन्स्ट्रक्सनका संचालक राकेश कुमार रायलाई पनि दोषी ठहर गरेको छ ।

पालिकासगँ सम्झौता गरेर गुणस्तरहिन काम गर्दा पनि फर्जी प्रतिवेदन वनाई भुक्तानी लिएको ठहर गर्दै उन्लाई भ्रष्टाचार निवारण ऐन २०५९ वम्मोजिम सजाय र विगो समेत जफतको माग गर्दै राय विरुद्ध आरोप-पत्र दायर गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तीन सय तेह्र केजी गाजासहित एक पक्राउ

दाङमा दुई महिलाको हत्या

एक भारतीय महिला पक्राउ

दुई किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

विदेश पठाइदिन्छुभन्दै साढे पाँच करोड ठगी

अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ

१० नेपालीलाई केन्यामा बन्धक बनाएर पाँच करोड असुली गर्ने गिरोहका तीनजना पक्राउ

अवैध ९८ लाखसहित दुईजना पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार युवक २० वर्षपछि पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जना पक्राउ

जलेश्वरका प्रमुख-उपप्रमुखसहित १२ जनाविरुद्ध मुद्धा दायर