सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राकुटेन भाइबरले नेपालमा आफ्ना प्रयोगकर्ताका लागि नयाँ युजर इन्टरफेसको सुरुवात

२०७७ असार ३१, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सञ्चार आदान प्रदानका लागि विश्वका ठूला एपहरुमध्येको एक राकुटेन भाइबरले नेपालमा आफ्ना प्रयोगकर्ताका लागि नयाँ युजर इन्टरफेसको सुरुवात गरेको छ ।

नयाँ योजनाअनुसार प्रयोगकर्तालाई एपमार्फत् नेभिगेट गर्न र आफूलाई मनपर्ने व्यक्तिसँग सहज रुपमा कुराकानी गर्न अनुमति प्रदान गर्ने कम्पनीले जनाएको छ । यो नयाँ युजर इन्टरफेसका साथमा भाइबर प्रयोगकर्ताहरुले अब आफ्ना परिवार, साथीभाइ, र सहपाठीसँग म्यासेजिङ एपलाई नेपाली भाषामा परिवर्तन गरी संलग्न हुन सक्ने भन्दै कम्पनीले यो कार्यलाई एपको ‘सेटिङ्ग’ मा गएर र उनीहरुका पूर्व निर्धारित भाषा चयन गरेर पूरा गर्न सक्ने जनाएको छ ।

विश्वव्यापी रुपमा कोभिड–१९ को फैलावटलाई रोक्न र नागरिकको स्वास्थ्य र सुरक्षालाई अझ सुनिश्चित् गर्न विश्वका सबै मुलुकहरुले सामाजिक दूरीको कडाईपूर्वक पालना गरिरहेको सन्दर्भमा भाइबर एपको प्रयोग उल्लेखनीय रुपमा वृद्धि भएर एक रेकर्ड नै कायम भएकोे कम्पनीको दावी छ ।

गएको २ सातामा सामूहिक सन्देश १३४ प्रतिशतभन्दा धेरै र सरदर भाइबर प्रयोगकर्ताले प्राप्त गर्ने सामूहिक कलको संख्या ३७० प्रतिशतले बढेको छ भने समुदाय संलग्नताको सरदर संख्या७८ प्रतिशतले वृद्धि भएको छ । यो नयाँ तथा स्थानीयकृत युआइको सुरुवातसँगै भाइबरले नेपाली प्रयोगकर्ताहरुबीच इन–एप क्रियाकलापमा अझ धेरै उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी