
काठमाडौं : नेपाल दुरसचार प्राधिकरणले सिमकार्डलाइ थप व्यवस्थित गर्न बैँकमा जस्तै ‘नो योर कस्टोमर’ (KYC) व्यवस्था लागू गर्ने भएको छ ।
सिम लिने ग्राहकको सम्पुर्ण विवरण लिई व्यवस्थित बनाउने र आपराधिक क्रियाकलाप रोक्न सो अवधारणा ल्याएको टेलिकमले जनाएको छ । बैँकहरुले जस्तै अनिवार्य गर्न लागिएको (KYC) सिमकार्डमा पनि अनिवार्य गर्न लागिएको छ ।
सिमकार्डको अबैध वितरणले गर्दा जथाभाबि हुने गतिविधि बढेपश्चात प्राधिकरणले (KYC) अनिवार्य गर्न लागेको हो । आउँदो आर्थिक वर्षको सुरुदेखि यो कार्यविधि कार्यान्वयनमा ल्याउने तयारी हुदैछ ।