काठमाण्डौः शिवम् सिमेन्ट अब अनलाइनबाट खरिद गर्न सकिने भएको छ ।
कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले सिमेन्ट अनलाइनबाटै खरिद गर्न सकिने सुविधा ल्याएको हो । कम्पनीकमा अनुसार अब शिवम् मोबाइल एपमार्फत आफूलाई चाहिने सिमेन्ट खरीद गर्न सकिनेछ । यस एकपमार्फत शिवम् सिमेन्ट खरीद गरेमा डिस्काउन्टको सुविधा पनि छ ।
एक पटकमा ग्राहकले कुनै पनि डिलरबाट १० बोरा देखि ४२० बोरासम्म अर्डर गर्न सकिने शिवम् सिमेन्टका सिनियर ब्राण्ड म्यानेजर केशव अर्यालले बताएका छन् । य एपमार्फत ग्राहकले अडर गर्दा प्रतिबोरा २० रुपैयाँ डिस्काउन्ट पनि पाइने बतायएको छ ।
