सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समीक्षा बैठकमा प्रधानमन्त्रीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई तदारुकताका साथ कार्य गर्नु

२०७६ असोज ९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं :  प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरवारमा बसेको समिक्षा बैठकमा दुइ महिनाको बजेट कार्यान्वयनको अवस्था र समग्र विषयमा  छलफल सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बिहिवार बसेको बैठकमा आर्थिक बर्ष २०७६/७७ को नेपाल सरकारको निती तथा कार्यक्रम र बजेटको भदौ महिनासम्मको  समीक्षात्मक बैठक सम्पन्न भएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रारम्भिक २ महिनाको बजेट कार्यान्वयनको अवस्था र समग्र विषयहरूमा मन्त्रीहरु र कर्मचारीलाई छिटोभन्दा छिटो तदारुकताका साथ लाग्न निर्देशन दिएका थिए ।

बैठकमा  उप-प्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री राम बहादुर थापा (बादल), सञ्चारमन्त्री गोकुल बास्कोटा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सामान्य प्रशासन मन्त्री लालबाबू पण्डित,  भुमी सुधारमन्त्री पद्मा अर्याल, खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा, मुख्य सचिव लोकदर्शन रेग्मी लगायत केही मन्त्रालयका मन्त्री तथा  सचिवहरूको उपस्थिती रहेको थियो ।

प्रधानमन्त्रीले डाकेको समीक्षा बैठकमा सात मन्त्री अनुपस्थित रहेका थिए । अनुपस्थिति हुनेमा उपप्रधानमन्त्री उपेन्द्र यादव, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र वन मन्त्री  शक्ति बस्नेत उर्जा मन्त्री वर्षमान पुन, पर्यटन मन्त्री योगेश भट्टराई छन् । केही मन्त्री काम बिशेषले उपत्यका बाहिर रहेकोले समिक्षा बैठकमा सामान्य छलफल मात्र भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत शिक्षकहरूबीचको दोस्रो चरणको वार्ता शुरु

आर्थिक समृद्धिका लागि सुशासन पूर्व शर्त : उपप्रधानमन्त्री श्रेष्ठ

इन्डो-प्यासिफिक आर्मिज चिफ्स कन्फेरेन्समा सहभागी हुन प्रधानसेनापति भारत जाँदै

नेपालले गर्यो वीवीएनजे सम्बन्धी सम्झौतामा हस्ताक्षर

हाम्रा कमजोरीका कारण लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम भयाे : राष्ट्रपति

पूर्वराजा आइतबार भक्तपुर जाने

संविधान दिवस: तीन प्रयोग, सात संविधान

वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल

कार्यबाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

संविधान दिवसमा राष्ट्रपतिबाट पाए ६७० जनाले कैद माफी

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता