सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

समीक्षा बैठकमा प्रधानमन्त्रीको निर्देशनः मन्त्री तथा सचिवहरुलाई तदारुकताका साथ कार्य गर्नु

२०७६ असोज ९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं :  प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरवारमा बसेको समिक्षा बैठकमा दुइ महिनाको बजेट कार्यान्वयनको अवस्था र समग्र विषयमा  छलफल सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बिहिवार बसेको बैठकमा आर्थिक बर्ष २०७६/७७ को नेपाल सरकारको निती तथा कार्यक्रम र बजेटको भदौ महिनासम्मको  समीक्षात्मक बैठक सम्पन्न भएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रारम्भिक २ महिनाको बजेट कार्यान्वयनको अवस्था र समग्र विषयहरूमा मन्त्रीहरु र कर्मचारीलाई छिटोभन्दा छिटो तदारुकताका साथ लाग्न निर्देशन दिएका थिए ।

बैठकमा  उप-प्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री राम बहादुर थापा (बादल), सञ्चारमन्त्री गोकुल बास्कोटा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सामान्य प्रशासन मन्त्री लालबाबू पण्डित,  भुमी सुधारमन्त्री पद्मा अर्याल, खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा, मुख्य सचिव लोकदर्शन रेग्मी लगायत केही मन्त्रालयका मन्त्री तथा  सचिवहरूको उपस्थिती रहेको थियो ।

प्रधानमन्त्रीले डाकेको समीक्षा बैठकमा सात मन्त्री अनुपस्थित रहेका थिए । अनुपस्थिति हुनेमा उपप्रधानमन्त्री उपेन्द्र यादव, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र वन मन्त्री  शक्ति बस्नेत उर्जा मन्त्री वर्षमान पुन, पर्यटन मन्त्री योगेश भट्टराई छन् । केही मन्त्री काम बिशेषले उपत्यका बाहिर रहेकोले समिक्षा बैठकमा सामान्य छलफल मात्र भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल

पाँच दशकदेखि प्रकृति संरक्षणमा सक्रिय नेपाली सेना सम्मानित

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस