सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यी हुन् मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु (पूर्ण बिवरण सहित)

२०७६ असोज ९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका छन् ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सभाहल सिंहदरबारमा बिहिवार अपरान्ह ४ बजे संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले मन्त्रीपरिषद्ले गरेको निर्णयहरु सार्वजनिक गरेका हुन् । असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु :-

१.     नेपाल ट्रस्ट पहिलो संशोधन नियमावली २०७६ स्वीकृत गरिएको छ ।

२.     मोरङ जिल्ला प्रशासनबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ  ।

३.     एसिड आक्रमणबाट घाइते भएकी जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन जनही ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

४.    चितवन जिल्ला भरतपुर उपमहानगरपालिका वडा नम्बर १६ वडाध्यक्षको रिक्त पद पूर्तिका लागि २०७६ मंसिर १४ गते शनिबार निर्वाचन हुने गरी मिति तोक्ने र सो जानकारी निर्वाचन आयोगलाई दिने निर्णय गरेको छ ।

५.     नेपाली नागरिकहरू नारायणप्रसाद अर्जुन र महासेनानी रामजी थापालाई विदेशी मुलुकबाट पदक ग्रहण गर्ने स्वीकृति दिएको छ ।

६.     प्रहरी अतिरिक्त महानिरीक्षक सरुवा गर्ने निर्णय गरिएको छ ।

७.     उपरथी प्रभुराम शर्माको पदावधि एक वर्ष दुई महिना १५ दिन थप गर्ने निर्णय गरिएको छ ।

८.     नेपाल प्रज्ञा प्रतिष्ठान र इजरायल हिन्दु लेखक सन्देश वाङ्मय आदानप्रदान तथा सहकार्य गर्ने कार्यक्रम सम्बन्धी प्रस्तावित समझदारी पत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपतिलाई स्वीकृति दिईएको छ ।

९.     नेपाल सरकार र अस्ट्रेलिया सरकारबीच हवाई सेवा सम्झौता प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।

१०.    शहरी पूर्वाधार विकास नियमको निगमको स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृति दिएको छ ।

११.    राजकीय अथिति गृह निर्माण तयार गरिएको गुरुयोजना स्वीकृत गरिएको छ ।

१२.    पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवलाई भारतको चण्डिगढ स्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचार सम्बन्धित बिल बमोजिमको रुपैयाँ नयाँदिल्ली स्थित नेपाली राजदूतावासबाट भुक्तानी दिने निर्णय गरिएको छ ।

१३.    सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका २०७५ स्वीकृत गरिएको छ ।

१४.    एकल महिला सुरक्षा कोष संचालन पहिलो संशोधन नियमावली २०७६ स्वीकृत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

डेङ्गी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु