सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायको सेक्युरिटी अडिट अनिवार्य

२०७७ श्रावण १३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दूरसञ्चार क्षेत्रको नियमनकार निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायकहरुलाई आफ्नो सूचना प्रविधि प्रणालीहरुको नियमितरुपमा अनिवार्य सुरक्षा अडिट गराउन निर्देशन दिएको छ । साथै अडिटको प्रतिवेदन प्राधिकरणमा बुझाउन समेत नियामकले भनेको छ ।

पछिल्लो समय नेपालमा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकको सिस्टममा रहेको कमजोरीका कारण ह्याकिङका घटनाहरु बढ्दै गएका छन् । यस किसिमको संवेदनशीलतालाई मध्येनजर गर्दै स्थितिलाई सुधार गर्न तथा त्यस किसिमका घटना पुन: दोहोरिन नदिन यस्तो निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

‘सेवा प्रदायकले नियामकको निर्देशन पालना नगरेमा दूरसञ्चार ऐन २०५३ आकर्षित हुने र सेवा प्रदायकलाई पचास हजार रुपैयाँसम्मको जरिवाना हुनसक्छ,’ उनले भने । साथै निर्देशन पालना नगर्दा भएको हानी नोक्सानीको बिगो तथा क्षतिपूर्ति पनि सेवा प्रदायकले नै भर्पाई गर्नुपर्ने प्रवक्ता अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी