सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तनहुँमा काँग्रेस नेता रिजालमाथि आक्रमणको प्रयास, काँग्रेसद्धारा भत्सना (विज्ञप्ती सहित)

२०७६ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका छन् । तनहुँको रिसिङ गाउँपालिका भवन शिलन्यासका लागि त्यसतर्फ गएका काँग्रेस नेता रिजालमाथि रिसिङ गाँउपालिका जाने बाटोमा सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले बाटो छेकी आक्रमणको प्रयास गरेका हुन् ।

नेकपाका कार्यकर्ताहरुले उनलाई गाउँपालिका कार्यालय जान नदिन बाटोमा रुख ढाल्नुका साथै अवरोध सिर्जना गर्नुका साथै विभिन्न स्थानमा ढुंङ्गामुढा गर्ने प्रयास समेत भएको बताइएको छ ।

काँग्रेस संसदिय दलद्धारा भत्सना

काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आईतबार साँझ प्रेश विज्ञप्ती जारी गरी उक्त घटनाप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानकर्षण भएको जनाएका छन् । जारी विज्ञप्तीमा “प्रहरी एवं स्थानीय प्रशासनलाई पूर्व जानकारी हुँदाहुँदै पनि राष्ट्रको उच्च पदमा रहनु भएका प्रतिनिधि सभाका सदस्यलाई सुरक्षा दिन नसक्नु सरकार एवं स्थानीय प्रशासनको गम्भीर कमजोरी हो” भनिएको छ ।

साथै सचेतक खाँणले “सत्ताको आडमा नेपालको संविधानलाई ठाडो चुनौती दिदै भएको यस घृणित एवं अपराधिक कार्यप्रति नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ” भनेका छन् ।

नेकपाका कार्यकर्ताहरुले एक पछि अर्को दिनप्रति दिन अपराधिक घटनाहरु घटाइरहेको हुँदा यस प्रकृतिका घटनाहरु तत्काल रोक्न तथा दोषीहरुलाई कानूनी कार्वाही गर्नका लागि नेपाली कांग्रेस माग गर्दछ भनि उल्लेख गरेका छन् ।

काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँण तथा काँग्रेस मुख्य सचिव कृष्ण प्रसाद पाैडेलले जारी गरेको प्रेश विज्ञप्तीः

असोज १२, २०७६

प्रेस विज्ञप्ति
तनहुँको रिसिङ गाउँपालिकामा गाउँपालिकाको भवन शिलान्यास गर्न जानु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं प्रतिनिधिसभाका सांसद डा. मिनेन्द्र रिजाल, तनहुँका कार्यवाहक सभापति लगायत पार्टीका साथीहरुलाई नेकपाका कार्यकर्ताहरुले आज बाटोमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै खुकरी, भाला, लाठी, ढुंगा, वियरका बोतल सहित मण्डले शैलीमा आक्रमण गर्न खोजेको सुनियोजित घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा मिनेन्द्र रिजालबाट गराउने निर्णय गरेकोे थियो । कार्यक्रमको विषयमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले वेवास्ता गर्नु चिन्ताको विषय हो । फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक छ ।
सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले एकपछि अर्को घटनाहरु दोहो¥याउँदै व्यक्तिकोे अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गई रहेको घटनाप्रति सतर्क रहन नेपाली कांग्रेस सबैलाई आग्रह गर्दछ । मण्डले शैलीमा हुने यस्ता गतिविधि नियन्त्रण नगरे अधिनायकवादी सरकारका विरुद्ध नेपाली कांग्रेस आन्दोलनमा उत्रन बाध्य हुनेछ । लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेपाली कांग्रेस नेकपालाई चेतावनी दिन चाहन्छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशमा देखिएका संकटको समाधानका लागि गम्भीर कदम चाल्न प्रधानमन्त्रीलाई नेकपा एसले बुझायो ध्यानाकर्षण (पत्र सहित)

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

सरकारले उच्चस्तरीय आयोग नबनाएसम्म संसद् चल्न नदिने एमालेको चेतावनी

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछः उदय शम्शेर

कर्णाली एमालेः अध्यक्षका दुइ दाबेदारले उम्मेदवारी फिर्ता लिए

एमाले कर्णाली अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमाले बाग्मतीको अध्यक्षमा ढुंगेल निर्वाचित, एक मतले नवराज सिलवाल बिजयी

एमाले कर्णाली प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

एमाले बागमती प्रदेशको मतपरिणाम आजै आउने

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय