सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राम मन्दिरको भूमि पूजामा सहभागी हुन अधोध्या पुगे मोदी

२०७७ श्रावण २१, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या पुगेका छन् ।

वायुसेनाको विमानबाट उनी अयोध्या पुगेका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री मोदीको स्वागत गरेका छन् । दुवैले एक अर्कालाई हात जोडेर अभिवादन गरेका छन् ।

अध्योध्या पुगेर प्रधानमन्त्री मोदीले हनुमानगढी मन्दिरमा पूजा-अर्चना र मन्दिरको परिक्रमा गरेका छन् । उनका साथ मुख्यमन्त्री योगी आदित्यनाथ र सुरक्षाकर्मी छन् ।

प्रधानमन्त्री मोदी राम मन्दिरको भूमि पूजामा सहभागी हुन अध्योध्या पुगेका हुन् । मन्दिरको शिलन्यासका लागि मात्रै अयोध्यामा तीन हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हनुमानगढीदेखि राम जन्मभूमिसम्म जाने बाटोलाई फूलले सजाइएको छ । यस्तै पसलहरुका बाहिरी भागमा पहेँलो रङले रंगाइएको छ । अन्य अतिथिसँगै मुख्यमन्त्री योगी आदित्यनाथ अयोध्या पुगिसकेका छन् ।

अयोध्यामा राम मन्दिर बनाउन सर्वोच्च अदालतले फैसला सुनाएको १० महिनापछि बुधबारबाट निर्माण कार्यको पहिलो प्रक्रिया अगाडि बढ्न लागेको हो । सन् १९८० को दशकबाट सुरु भएको राम मन्दिर र मस्जिदको राजनीति लामो अदालती प्रक्रियाबाट टुंगोमा पुगेको थियो । राम मन्दिरकै विषयलाई लिएर पटकपटक भएका जातीय हिंसामा धेरैको ज्यान गइसकेको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल