सदाबहार खबरको रफ्तार ....
असोज १९, २०८१ शनिबार
October 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सातवटै प्रदेशमा एकसाथ टेलिकमको 4G सेवा शुरु

२०७६ असोज १५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको फोरजी सेवाको स्विच दबाएर भिडियो कल मार्फत औपचारिक रुपमा सुरुवात भएको घोषणा गरेका छन् ।

बुधबार अपरान्ह प्रधानमन्त्री ओलीले एक समारोहका बिच सातवटै प्रदेशमा 4G सेवाको शुभारम्भ  भएको  घोषणा गरेको हो । फोरजी सेवा विस्तार गर्ने परियोजना अन्तर्गत पहिलो चरणमा ठुला र साना शहरहरु गरी कुल ५० भन्दा बढी जिल्लाहरूमा एकैसाथ चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताएका छन् ।

मुख्य शहर अन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी लगायत रहेका छन् ।  साथै साना शहरहरु रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत लगायतका जिल्लामा आजैदेखि फोरजी सेवा सुरु भएको टेलिकमले जनाएको छ।

फोरजी र एलटीई सेवा एडभान्स प्रविधियुक्त हुने प्राविधिकहरुको भनाई रहेको छ । यसअघि २०७३ पुस १७ मा काठमाडौं र पोखरामा मात्र उपलब्ध फोर जी सेवा बुधवार बेलुकाबाट ७ वटै प्रदेशका ३२ जिल्लाहरूमा संचालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

थ्रेड्समा नयाँ फिचर, पोस्ट एडिट गर्न सकिने

नेपाल टेलिकमले ल्यायो दसैँ अफर

फोनपे र कर्मचारी सञ्चयकोषको साझेदारी, कोष सदस्यहरूको लागि डिजिटल भुक्तानी सुविधा

कार्यालयमा बागमतीको बाढी पसेपछि एपीवान टिभीको प्रशारण रोकियो

साओमी नेपालको चाडपर्व अफर, रेड्मी फोन किन्दा ४ हजारसम्म छुट

पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते

टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु

लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

नेपाल टेलिकमको संविधान दिवशमा अफरको घोषणा

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि गरेको आरोपमा पक्राउ

सिटी एक्सप्रेसको दशैं-तिहार योजना सार्वजनिक

साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता