सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रतिपक्ष दलले २६ र सत्तारूढ दलले २९ असोजमा चियापान कार्यक्रम गर्ने

२०७६ असोज १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यस वर्षको दशैँ, तिहार, छठ लगायत चाडपर्वका अवसरमा प्रमुख दुई दलले राजधानीमा चियापान कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

बडादशैंको अवसरमा नेपाली काँग्रेसले असोज २६ गते र सत्तारूढ नेकपाले असोज २९ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको हो ।

कोजाग्रत पूर्णिमाको दिन पारेर काँग्रेसले असोज २६ गते आईतबार चियापान कार्यक्रम आयोजना गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

यसैगरी सत्तारूढ नेकपाले पनि असोज २९ गते चियापान कार्यक्रम गर्न लागेको पार्टीका महासचिव विष्णु पौडेलले बताएका छन् ।

काँग्रेसले सो दिन अपरान्ह एक बजेदेखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम सञ्चालन हुने बताएको छ । यता सत्तारूढ दल नेकपाले भने चियापानको लागि स्थान छनोट भइनसकेको बताएको छ ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मलेनमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने र अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने जानकारी दिइसकेका छन् ।

नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३४ सालबाट सुरु गरेको चियापान कार्यक्रमलाई काँग्रेसले निरन्तरता दिदै आएको छ । यता सत्तारूढ नेकपाले भने तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछिको यो दोस्रो पटक चियापान कार्यक्रमको आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा छलफल जारी

‘मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध’

सुकुम्बासीमाथि डोजर आतंक बन्द गर्न माओवादीको माग

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

सत्य निरूपण र बेपत्ता आयोगका छिटो पदाधिकारी नियुक्त गर्न माग

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै