सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रतिपक्ष दलले २६ र सत्तारूढ दलले २९ असोजमा चियापान कार्यक्रम गर्ने

२०७६ असोज १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यस वर्षको दशैँ, तिहार, छठ लगायत चाडपर्वका अवसरमा प्रमुख दुई दलले राजधानीमा चियापान कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

बडादशैंको अवसरमा नेपाली काँग्रेसले असोज २६ गते र सत्तारूढ नेकपाले असोज २९ गते चियापान कार्यक्रमको आयोजना गर्ने भएको हो ।

कोजाग्रत पूर्णिमाको दिन पारेर काँग्रेसले असोज २६ गते आईतबार चियापान कार्यक्रम आयोजना गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

यसैगरी सत्तारूढ नेकपाले पनि असोज २९ गते चियापान कार्यक्रम गर्न लागेको पार्टीका महासचिव विष्णु पौडेलले बताएका छन् ।

काँग्रेसले सो दिन अपरान्ह एक बजेदेखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम सञ्चालन हुने बताएको छ । यता सत्तारूढ दल नेकपाले भने चियापानको लागि स्थान छनोट भइनसकेको बताएको छ ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मलेनमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने र अन्य जिल्लाको चियापान कार्यक्रमको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने जानकारी दिइसकेका छन् ।

नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३४ सालबाट सुरु गरेको चियापान कार्यक्रमलाई काँग्रेसले निरन्तरता दिदै आएको छ । यता सत्तारूढ नेकपाले भने तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछिको यो दोस्रो पटक चियापान कार्यक्रमको आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सानेपामा सुरु

‘शिक्षकहरूको आन्दोलनप्रति दुवै पक्ष गम्भीर हुनुपर्छ’ : अध्यक्ष ओली

चन्द्र भण्डारीसहित ८ जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित)

नेतृत्व हस्तान्तरण गर्न तयार छु: निराजन नेपाल

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

नेपालमा राजसंस्था अपरिहार्य: कमल थापा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

वर्तमान संविधान कांग्रेसको नीतिबाट प्रभावित छ : कृष्णप्रसाद सिटौला

मधेशमा एमालेको मिसन ग्रासरुट अभियान, ३० प्रतिशत कार्यकर्ता घट्दा होला उद्देश्य पूरा ?

सभापति देउवालाई कार्यशैली सच्याउन शेखर कोइरालाको चेतावनी

रिजालको निधनले कांग्रेस र राष्ट्रलाई अपूरणीय क्षति : सभापति देउवा

जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताविरुद्ध छ: केपी ओली