सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सि जिनपिङको निति अनुसार चल्ने नेकपा संविधान बिरोधी भयोः पाण्डे

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली काँग्रेसका नेता बद्री पाण्डेले दुई तिहाइको वर्तमान सरकारले माखा मार्न नसकेको आरोप लगाएका छन् । शनिवार भक्तपुरको सुर्यबिनायकमा आयोजित चियापान कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएको हो ।

बिजया दशमीको अवशर पारेर काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पाण्डेले संसदमा गुठि बिधयेक दर्ता गरेर वर्तमान सरकारले संस्कृति माथि नै प्रहार गरेको बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं राष्ट्रिय सभा सदस्य समेत रहेका पाण्डेले गुठिको जग्गा भाडामा लगाउन र आफ्नो पार्टीका कार्यकर्तालाई बाँड्न सरकारले गुठि बिधयेक ल्याएको आरोप लगाएका हुन् ।

संविधानको मर्म बिपरित सरकार र नेकपा चलिरहेको भन्दै पाण्डेले संविधानले सभामुख र उपसभामुख छुट्टाछुटै दलको हुनुपर्नेमा नेकपाले एउटै दलको राखेर संविधान उल्लङ्घन गरिरहेको गम्भिर आरोप लगाएका छन् ।

उनी भन्छन् चिनियाँ स्कुल बिभागको निति लियर नेकपाले गरेको बिचार गोष्ठि संविधान बिपरित छ । साथै पाण्डेले सि जिनपिङको निति अनुसार चल्ने निति लिएको नेकपा संविधान बिरोधि भएको आरोप समेत लगाएका थिए ।

उक्त कार्यक्रममा कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, प्रदेश नं ३ की सांसद रजनी जोँछे, पुर्व सभापति गणेशमान चक्रधर लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

रास्वपाको सचिवालय बैठक बस्दै

एमालेद्धारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ: सभापति थापा

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली

रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित

श्रम संस्कृति पार्टीमा सुदन किरातीको इन्ट्री, उपाध्यक्षसहित १५ केन्द्रीय सदस्य पाउने सहमति