सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सत्तारूढ राष्ट्रिय युवा संघ नेपालले बल्ल पायो पूर्णता (नामावली सहित)

२०७६ असोज १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठनले पूर्णता पाएको छ । पूर्णता पाएसँगै राष्ट्रिय युवा संघ नेपालले ३ सय ३१ सदस्य रहेको नयाँ केन्द्रिय समिति सार्वजनिक गरेको हो ।

वाइसिएलका नेपाल र युवा संघ नेपाल बीच एकता भई बनेको राष्ट्रिय युवा सङ्घ नेपालको संगठनात्मक एकता प्रक्रियाका बारेमा यही असोज १५ गते संगठनका इन्चार्ज महेश बस्नेतको उपस्थितिमा बसेको बैठकले चयन गरेका निर्णयहरु सार्वजनिक गरेको हो ।

तत्कालिन एमाले निकट युवा संघ नेपालबाट १७९ जना तथा माओबादी केन्द्र निकट वाइसिएल (YCL) नेपालबाट १५३ जना चयन गरी नयाँ केन्द्रिय समितिले पूर्णता पाएको छ ।

एकतापछी गठन भएको राष्ट्रिय युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ र सह संयोजक रमेश कुमार पौडेलले शनिवार संयुक्त प्रेश विज्ञप्ती जारी गरी ३ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको सार्वजनिक गरेका थिए ।

उक्त विज्ञप्ती अनुसार रिक्त हुन आएको ३ सदस्य साविक वाइसिएलले पछि मनोनित गर्ने बताइएको छ ।

साथै संगठनको पारित केन्द्रीय समितिको बैठकले कात्तिक १८ र १९ केन्द्रिय समितिको बैठक आव्हान गरेको छ भने २० र २१ गते राष्ट्रिय भेलाको समेत आयोजना गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै युवा संघले जारी गरेको केन्द्रिय समितिको नामावली सहितको विज्ञप्तीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्छ : महामन्त्री शर्मा

लोसपा केन्द्रीय समितिले पायो पूर्णता

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल

ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु

लोसपाको शीर्ष नेताहरूको बैठक बस्दै

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज

माओवादी नेताहरुद्वारा म्याग्दीको डाँडागाउँमा श्रमदान गरेर सडक मर्मत

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ गते

सबै जातजाति भाषाभाषीको माग सम्बोधन हुनुपर्छ : अध्यक्ष बिजुक्छे