सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दशैंमा मासु कति र कसरी खाने : चिकित्सकको सुझाव सहित

२०७६ असोज २०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: चाड्पर्वमा मासु खानु एक प्रकारको परम्परा जस्तै बनिसकेको छ ।  ग्रामिण क्षेत्रमा त झन घरमै खसी काटेर मासु खानेले पनि दशैंमा मासुको महत्त्व झन लोभलाग्दो देखिन्छ । तर अहिले शहरी ईलाकामा मासु दैनिक खानपानको हिस्सा नै बनिसकेको पाइन्छ ।

सदाझै यो बर्ष पनि दशैंमा मासु खानपामा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन् । १५ दिनसम्म मनाइने चाड दशैंमा देशका अधिकांश ठाँउमा फूलपातिको दिनदेखि विजया दशमीको दिनसम्म धेरै मासु खाने गरिन्छ । आवश्यकताभन्दा बढी नै मासु खाने चलन हाम्रो समाजमा ब्याप्त बन्दै गएको पाइन्छ । मासुको मात्रा निर्धारण गरि सहि तरिकाले पकाइ स्वास्थ्य हितकर रहि चाड मनाउन चिकित्सकको सुझाव छ ।

आखिर कति खाने त मासु ?

वरिष्ठ आयुर्वेद डाक्टर प्रेमनारायण श्रीवास्तवका अनुसार मासुमा अत्यधिक मात्रामा प्रोटिन हुने भएकोले । ‘सुगर, प्रेसर र पायल्स भएकाहरूले मासु खाँदा निकै ध्यान दिनुपर्ने बताउछन् ।

खसी बोकाको सट्टामा कुखुरा अथवा माछाको मासु खाँदा स्वास्थ्यलाई फाइदा हुने भन्दै बढी उमेरका मानिसले रातो मासु सकेसम्म कम खाने र माछा र कुखुरामा कम बोसो हुने हुँदा स्वास्थ्यलाई कम असर गर्ने पनि उनले बताए ।

डाक्टर श्रीवास्तव भन्छ्न सागपात र सलादको परिकार प्रशस्त खाएर मासु कम खानुस स्वास्थ भइन्छ ।

त्यस्तै भिटामिन, मिनरल र जिंक पाइने स्रोत मासु हो १०० ग्राम मासुमा २५ ग्राम प्रोटिन पाइन्छ, साथै बच्चालाई २५ देखि ३० ग्राम र बयस्कलाई ६० देखि १०० ग्राम प्रोटिनको आवश्यकता पर्ने गर्दछ ।

रातिको समयमा पचाउन गाह्रो हुने भएकाले सकेसम्म रातिको समयमा मासु नखाउन समेत डाक्टर श्रीवास्तवले सुझाव दिएका छ्न ।

कसरी खाने मासु ?

उनले भने उमालेर मासु खाँदा स्वाद मिठो नलाग्न सक्छ, तर स्वास्थ्यको दृष्टिले मासुमा चिल्लो र मसला कम राखी उमालेर पकाउनु राम्रो हुन्छ । साथै मसलेदार, चिल्लो र पिरो मासु खाँदा कब्जियत, वाकवाकी, र पखाला लाग्न सक्ने हुन्छ ।

मधुमेह र रक्तचाप भएका रोगीहरूले मासु खाँदा बोसो नभएको र मासु उमालेर थोरै मात्रामा प्रयोग गर्नुपर्ने त्यस्तै पायल्सका बिमारीले त झन चिल्लो र मसलेदार खाना खानै नहुने डाक्टर श्रीवास्तवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति

राणा प्रधानमन्त्री भीम शमशेरले खाेलेकाे भिम अस्पतालबाट वार्षिक ९६ हजारलाई उपचार

डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम

अभिनेता अनमोल केसी नर्भिक अस्पतालमा भर्ना

स्याङ्जामा स्क्रब टाइफस देखियो, विद्यालय बन्द

बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन

गृह मन्त्रालयले भन्यो- स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ

उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ: स्वास्थ्यमन्त्री बस्नेत

डेंगुले सेतो रक्त कोशिका र प्लेटलेटहरूको उत्पादनलाई कसरी असर गर्छ ?

‘विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या’

लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट

बिहान सबेरै खाली पेटमा नखानुहोस् यी ४ चिज