सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लिपुलेक नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न माओवादी केन्द्रको माग

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले लिपुलेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न माग गरेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराँतीले विहिबार एक प्रेश विज्ञप्ती जारी गरी चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको सिलसिलामा लिपुलेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न माग गरेको हो ।

अध्यक्ष किराँतीले जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रपति सीको भ्रमणका क्रममा कस्मेटिक काठमाडौं होइन, राष्ट्रिय प्रतिष्ठा कायम हुनेगरी सुरक्षा व्यवस्था र लिपु लेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न हाम्रो पार्टी सरकारसँग गम्भीर माग गर्दछ’ भनिएको छ ।

साथै सो पार्टीले हिन्द प्रसान्त रणनितिमा (इन्डो प्यासिफिक रणनीति)लाई नेपाल र नेपाली जनता विरोधी भन्दै त्यसको संलग्नता खारेजी गर्न आग्रह गरेको छ ।

यसैगरी पार्टीले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको बलात्कारको प्रयासको आरोपमा पनि धारणा सार्वजनिक गरेको छ ।

पार्टीले रोशनी-महराको घटनामा आधा सभामुख कृष्ण बहादुर महराको कमजोरी रहेको र आधा षडयन्त्र भन्ने सूचनाहरु प्राप्त भएको बताएको छ ।

साथै उक्त विज्ञप्तिमा ‘विगत लामो समय क्रमशः सभामुख रहेका सुवास नेम्वाङ र ओनसरी घर्ती नै संसद सचिवालयको कर्मचारीबारे जानकार तथा दुरुपयोगकर्ता हुन सक्ने विश्लेषणहरु छन् । यस सम्बन्धमा हाम्रो पार्टी बृहत जनस्तरीय छानबिनको माग गर्दछ’ भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा छलफल जारी

‘मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध’

सुकुम्बासीमाथि डोजर आतंक बन्द गर्न माओवादीको माग

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

सत्य निरूपण र बेपत्ता आयोगका छिटो पदाधिकारी नियुक्त गर्न माग

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै