सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लिपुलेक नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न माओवादी केन्द्रको माग

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले लिपुलेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न माग गरेको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराँतीले विहिबार एक प्रेश विज्ञप्ती जारी गरी चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको सिलसिलामा लिपुलेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न माग गरेको हो ।

अध्यक्ष किराँतीले जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रपति सीको भ्रमणका क्रममा कस्मेटिक काठमाडौं होइन, राष्ट्रिय प्रतिष्ठा कायम हुनेगरी सुरक्षा व्यवस्था र लिपु लेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न हाम्रो पार्टी सरकारसँग गम्भीर माग गर्दछ’ भनिएको छ ।

साथै सो पार्टीले हिन्द प्रसान्त रणनितिमा (इन्डो प्यासिफिक रणनीति)लाई नेपाल र नेपाली जनता विरोधी भन्दै त्यसको संलग्नता खारेजी गर्न आग्रह गरेको छ ।

यसैगरी पार्टीले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लगाइएको बलात्कारको प्रयासको आरोपमा पनि धारणा सार्वजनिक गरेको छ ।

पार्टीले रोशनी-महराको घटनामा आधा सभामुख कृष्ण बहादुर महराको कमजोरी रहेको र आधा षडयन्त्र भन्ने सूचनाहरु प्राप्त भएको बताएको छ ।

साथै उक्त विज्ञप्तिमा ‘विगत लामो समय क्रमशः सभामुख रहेका सुवास नेम्वाङ र ओनसरी घर्ती नै संसद सचिवालयको कर्मचारीबारे जानकार तथा दुरुपयोगकर्ता हुन सक्ने विश्लेषणहरु छन् । यस सम्बन्धमा हाम्रो पार्टी बृहत जनस्तरीय छानबिनको माग गर्दछ’ भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशमा देखिएका संकटको समाधानका लागि गम्भीर कदम चाल्न प्रधानमन्त्रीलाई नेकपा एसले बुझायो ध्यानाकर्षण (पत्र सहित)

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

सरकारले उच्चस्तरीय आयोग नबनाएसम्म संसद् चल्न नदिने एमालेको चेतावनी

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछः उदय शम्शेर

कर्णाली एमालेः अध्यक्षका दुइ दाबेदारले उम्मेदवारी फिर्ता लिए

एमाले कर्णाली अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमाले बाग्मतीको अध्यक्षमा ढुंगेल निर्वाचित, एक मतले नवराज सिलवाल बिजयी

एमाले कर्णाली प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

एमाले बागमती प्रदेशको मतपरिणाम आजै आउने

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय