सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

शान्तीश्रीको सुन मायालुमा गौरव र दीपाको रोमान्स

२०८२ माघ ४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । संगीतकार नागेन्द्र श्रेष्ठको सुन मायालु बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको सुन मायालु लोक पप शैलीमा तयार गरिएको हो।

सुदूर पश्चिमेली भाषालाई संगीतकार नागेन्द्र श्रेष्ठले लोक पप शैली ढालेको सुन माया दर्शकले झट्ट सुन्दा र हेर्दा नै मन छुने किसिमले निर्माण गरिएको निर्देशक तथा गीतकार गौरव गिरी बताउँछन्।

भिडियोमा गायक गिरी स्यमकै अभिनय रहेको छ भने अभिनयमा गौरवलाई दीपा शाहीले साथ दिएकी छिन्। प्रेम रोमान्सले भरिएको भिडियो रिलिज भएको छोटो समयमा नै ठूलो संख्यामा टिकटक र रिल्स बनेका कारण गीतले चर्चा पाएको संगीतकार नागेन्द्र श्रेष्ठ बताउँछन्।

सुदुरपश्चिमको महेन्द्र नगरको लालझाडीमा २ दिन लगाएर छायांकन गरिएको सुन मायालुमा गौरवसँग सुन्दरी दीपा रोमान्टिक शैलीमा खुलेकी छिन्। भिडियो हेर्दा दर्शकले कहीँ कतै अडिनु पर्दैन।

आधुनिक गीतका लोकप्रिय संगीतकार श्रेष्ठले पहिलो पटक सुदूरपश्चिमेली भाषालाई लोक पप शैलीमा उतारे लगत्तै दर्शकबाट गज्जबको प्रतिक्रिया पाइरहेको निर्देशक गिरी बताउँछन्।

गीतमा एरेन्ज  केशव बडुको रहेको छ मिक्सिगं तथा मास्टरिगं  श्याम श्वेत रसाईलीको रहेको छ। अनिल के मानन्धरको डिओपी रहेको भिडियोमा जयन्द्र कुँवरको छायांकन रहेको छ।

निरज सापकोटाको  सम्पादन रहेको भिडियोमा गौरव र दीपाका अलावा जीवन थापा, सुरेश भट्ट, बब्लु गौतम, मोनिका सिंह र बबिता तिरुवाको पनि अभिनय देख्न सकिन्छ।

भिडियोमा श्याम कुँवरको कलर  रहेको छ। भिडियो संगीतकार नागेन्द्र श्रेष्ठको अफिसियल च्यानलबाट बजारमा आएको हो। संगीतकार श्रेष्ठले यसअघि आधा दुख घटाएर, तिमी सुस्तरी लगायतका दर्जनौँ गीत बजारमा ल्याइसकेका छन्।

भिडियो हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई