सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाली भाषामै एआई च्याट र प्राणायाम फिचर, ‘हजुर एआई’ बजारमा

२०८२ फागुण २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली भाषामै केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक गरिएको छ । ‘नेपालीका लागि, नेपालीद्वारा निर्मित’ भन्ने नारासहित विकास गरिएको उक्त एप फागुन १७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको एपले सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलगायत बहुआयामिक सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने दाबी गरिएको छ ।

एपको प्रमुख आकर्षणका रूपमा ‘ठीकठाक’ नामक सामाजिक सञ्जाल फिड प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार प्रयोगकर्ताले ‘ठीकठाक’ मा राख्ने प्रत्येक पोस्टले ‘ठीकठाक स्कोर’ प्राप्त गर्नेछ । सोही स्कोरका आधारमा हरेक महिना उत्कृष्ट १०० जना प्रयोगकर्तालाई नगद पुरस्कार प्रदान गरिनेछ ।

महिनाकै उत्कृष्ट क्रिएटरलाई २५ हजार रुपैयाँ नगद पुरस्कार दिने व्यवस्था गरिएको छ । यसले डिजिटल सामग्री निर्माणमा युवाहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

हजुर एआईले ‘हजुर एआई च्याट’ नामक फिचरमार्फत नेपाली भाषा बुझ्ने र प्रतिक्रिया दिने एआई च्याटबोट पनि उपलब्ध गराएको छ । उक्त च्याटबोटले अध्ययन, जानकारी खोजी तथा सामान्य परामर्शमा सहयोग गर्ने जनाइएको छ ।

त्यस्तै, भाषा सिकाइसम्बन्धी फिचरमा कथामार्फत विभिन्न भाषा सिक्न सकिने सुविधा राखिएको छ । उत्कृष्ट प्रदर्शन गर्ने प्रयोगकर्ताले मासिक १५ हजार रुपैयाँसम्म पुरस्कार पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । स्वास्थ्यसम्बन्धी ‘प्राणायाम’ फिचरमार्फत नेपाली भाषामै ध्यान तथा श्वास–प्रश्वास अभ्यास सिक्न सकिने बताइएको छ ।

मनोरञ्जनतर्फ समाचार, संगीत, लाइभ रेडियो, नेपाली चलचित्र तथा टेलिभिजन च्यानलहरू एउटै फिडमार्फत उपलब्ध हुने जनाइएको छ । यसरी सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलाई एउटै एपमा समेटेर प्रयोगकर्तालाई सहज र एकीकृत डिजिटल अनुभव दिने लक्ष्य राखिएको कम्पनीको दाबी छ ।

लन्च अफरअन्तर्गत जुलाई १, २०२६ सम्म सबै प्रयोगकर्तालाई निःशुल्क प्रिमियम सदस्यता उपलब्ध गराइने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी