सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप

२०८३ श्रावण ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दाङ, ३० साउनः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा सेवा प्रभावकारी, चुस्त–दुरुस्त तथा व्यवस्थित बनाउका लागि बहिरङ्ग (ओपिडी) टिकट काउन्टर थप गरेको छ । प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बिमाका सेवाग्राहीको सङ्ख्या बढ्दै गएपछि टिकट वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले एउटा टिकट काउन्टर थप गरी सञ्चालनमा ल्याइएको हो ।

यसअघि प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवाका लागि दुई वटा ओपिडी टिकट काउन्टर सञ्चालनमा थिए । सातामा दुई दिन बिदा हुँदा अरु दिन सेवाग्राहीको सङ्ख्या बढेसँगै अव्यवस्ति घुइँचो, लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यतालगायत अवस्थालाई मध्यनजर गर्दै काउन्टर थप गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताउनुभयो ।

सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न एउटा काउन्टर थपिएसँगै टिकट वितरण प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार प्रतिष्ठानमा पछिल्लो समययता उपचारका लागि आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा सुरेश रसाइलीले स्वास्थ्य बिमामार्फत सेवा लिने सेवाग्राहीलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले ओपिडी टिकट काउन्टर थप गरिएको जानकारी दिनुभयो । “बिमामार्फत उपचार गर्न आउने सेवाग्राहीलाई सहज र छिटो सेवा दिने उद्देश्यले काउन्टर थप गरेका हौँ”, उहाँले भन्नुभयो, “सेवाग्राहीको चाप र आवश्यकता अनुसार सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रयास छ ।”

प्रतिष्ठानले स्वास्थ्य बिमा सेवामात्र नभई समग्र ओपिडी सेवामा आउने बिरामीको चापलाई व्यवस्थापन गर्न सेवा प्रवाहलाई क्रमशः सुधार गर्दै आएको जनाएको छ । टिकट वितरणदेखि चिकित्सकीय परामर्श तथा अन्य आवश्यक सेवासम्म सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण निर्माण तथा सुधार गर्न प्रतिष्ठानले व्यवस्थापकीय पहल थालेको सहप्राध्यापकसमेत रहनुभएका डा रसाइलीले बताउनुभयो ।

प्रतिष्ठानका अनुसार आगामी दिनमा बिरामीको चाप, सेवाग्राहीको आवश्यकता र सेवा प्रवाहको अवस्थालाई मूल्याङ्कन गर्दै आवश्यकताअनुसार सेवा थपिनुका साथै समयसापेक्ष व्यवस्थापन गर्दै जाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित