सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

झापामा पाँच लाख नागरिकलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप

२०८३ भाद्र १५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा, १५ भदौः जिल्लामा जापानिज इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो) को सङ्क्रमणबाट छ जनाको मृत्यु भएपछि स्वास्थ्य कार्यालयले उच्च सतर्कता अपनाउँदै बृहत् खोप अभियानको तयारी थालेको छ । झापामा यसको सङ्क्रमणदर र मृत्युदर उच्च देखिएपछि सरकारले झापाबाट खोप अभियान सुरु गर्न लागेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख ब्रिजकुमार दासका अनुसार भदौ अन्तिम सातादेखि सञ्चालन हुने अभियानअन्तर्गत जिल्लाका ३० वर्षमाथिका करिब पाँच लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

त्यसका लागि खोप भण्डारण तथा व्यवस्थापनको काम तीव्र पारिएको उहाँले जानकारी दिनुभयो । सामान्यतया १५ वर्षमुनिका बालबालिका यो रोगबाट बढी प्रभावित हुने मानिए पनि झापामा भने ५० वर्षभन्दा माथिका दीर्घरोगीमा पनि सङ्क्रमण र मृत्युदर बढी देखिएको दासले बताउनुभयो । उहाँका अनुसार गत असार र साउनमा जिल्लाभर १२ जनामा सङ्क्रमण पुष्टि भएकामा छ जनाको मृत्यु भइसकेको छ ।

सङ्क्रमितमध्ये चार जना निको भएर घर फर्किएका छन् भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ की ५७ वर्षीया महिला, बाह्रदशी गाउँपालिका-३ का ६९ वर्षीय पुरुष, मेचीनगर नगरपालिका-१४ की ५४ वर्षीया महिला, मेचीनगर-८ की ६६ वर्षीया महिला, बिर्तामोड नगरपालिका-२ का ७३ वर्षीय पुरुष र अर्जुनधारा नगरपालिका-१० की ७३ वर्षीया महिला हुनुहुन्छ ।

धानखेत, फोहर र हिलोमा हुर्कने लामखुट्टेले सुँगुर, हाँस, कुखुरा तथा बकुल्ला जस्ता पशुपन्छीबाट जापानिज इन्सेफ्लाइटिसको भाइरस लिएर मानिसमा सार्ने गर्दछ । सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टेको टोकाइबाट बच्न र घर वरिपरि सरसफाइमा ध्यान दिन आग्रह गर्दै स्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित